आजको राशिफल यी ४राशिलाइ हुदैछ फाइदा

२०८१/०३/०९ गतेको दैनिक रशिफल

मेष

पारिवारिक सरसहयोग मिल्नेछ व्यापार व्यवसायमा सफलता मिल्नेछ। भौतिक साधनको वृद्धि भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। रोकिएका कामहरू पूरा भएर जानेछन्।

वृष

अध्ययन अध्यापनमा सफलता मिल्नेछ बोलीको प्रभाव बढेर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ धर्मकर्ममा मन लाग्नेछ पारिवारिक घुमघाममा समय व्यतीत हुनेछ। सामाजिक कार्यमा समय बित्ने देखिन्छ।

मिथुन

पतिपत्नीबीच माधुर्यता छाउनेछ विद्याक्षेत्रमा सुधार भएर जानेछ। मान्यजनबाट आशीर्वाद पाइनाले कार्यमा सफलता मिल्नेछ बोलीको प्रभाव बढेर जानेछ फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

कर्कट

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा कठोरता प्राप्त हुनेछ। लेनदेनमा विवादको सामना गर्नुपर्नेछ। विश्वास गरेकाबाट धोका प्राप्त हुनेछ स्वास्थ्यमा गडबड आउने देखिन्छ खर्चको मात्रा बढेर जानेछ ।

सिंह

पराक्रम बढेर जानेछ अध्ययन अध्यापनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा वृद्धि भएर जानेछ। सामाजिक कार्यमा समय बित्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थालेछन्।

कन्या

व्यावसायिक तथा साझेदारी कार्यमा उन्नति प्रगति भएर जानेछ मानसम्मान मिल्नेछ अधुरा कामहरू पूरा भएर जानेछन् धर्मकर्मतर्फ मन जानाले मनमा उत्साह बढेर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ।

तुला

स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला। मुद्दा मामिलामा फसिने योग रहेको छ। शैक्षिक क्षेत्रमा बाधा अर्चन आउनाले मनमा चिन्ता बढेर जानेछ। स्थायी सम्पत्तिमा विवादको सामना गर्नुपर्नेछ।

वृश्चिक

वैदेशिक कार्यमा बाधा आउनेछ। बोलीमा कठोरता हुनेछ पारिवारिक कलह बढेर जानेछ। अनावश्यक विवादमा परिनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् जग्गा जमिनमा आएको विवादले अग्रता लिनेछ।

धनु

अधुरा कामहरू पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। कुराकानीहरू प्रशंसा गर्न थाल्नेछन्। धार्मिक कार्यमा सरिक भइनेछ। मानसम्मान मिल्नेछ। नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जानेछ।

मकर

माङ्गलिक कार्यमा सहभागी भइनेछ भोलिको प्रभाव बढेर जानेछ। पर्यटकीय स्थानमा घुमघाम गरिनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक सरसहयोग मिल्नाले मनमा खुसी छाउनेछ। ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।

कुम्भ

खर्चमा सन्तुलन गर्नुपर्ने योग छ। दाजुभाईमा कलह बढेर जानेछ। स्वास्थ्यमा गडबड आउनेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ।

मीन

हाड र्जोनी सम्बन्धी समस्याले सताउनेछ अर्काले गरेका गल्तीको आफू भागीदार बन्नुपर्नेछ धार्मिक कार्यमा बाधा आउनुका साथै शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ वादविवादको सामना गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *