२०८१/०३/११ गतेको राशिफल
मेष
चोटपटकको सम्भावना रहेकोले सजगता अपनाउनुपर्नेछ। खर्चको मात्रा बढेर जानेछ। आफूले नगरेका गल्तीको सजाय आफूले भोग्नुपर्नेछ। आफन्तजनले विरोधको सिर्जना गराउनेछन् आर्थिक मामिलामा केही विवादको सामना गर्नुपर्ने देखिन्छ।
वृष
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ पैत्रिक सम्पत्ति प्राप्त हुने योग रहेको छ। व्यवसायमा सुधार आउनाले मनमा आनन्दत्व छाउनेछ। उच्च व्यक्तिबाट सरसहयोग मिल्नेछ कृषि क्षेत्रमा केही सुधार भएर जाने देखिन्छ।
मिथुन
आँखा सम्बन्धी समस्याले सताउनेछ मनमा बेचैन हुने देखिन्छ कुरा काट्नेहरू सक्रिय रहनेछन् झुटा आरोपको सामना गर्नुपर्ने छ गुप्त समस्याले सताउनेछ। र पेटसम्बन्धी समस्या नआउला भन्न सकिँदैन।
कर्कट
विलासिताले खर्चको मात्रा बढेर जानेछ स्थायी सम्पत्तिमा विवादको सामना गर्नुपर्नेछ। काममा बाधा आउनुका साथै साथीभाइमा मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।
सिंह
अध्ययन अध्यापनमा सफलता मिल्नेछ न्यायिक कार्यमा तपाईंकै जित हुनेछ माङ्गलिक कार्यमा सहभागी भइनेछ। वैदेशिक कार्यमा सुधार हुनुका साथै फसेको धन उठ्ने सम्भावना बढेर गएको छ।
कन्या
नयाँ कार्यको थालनी हुनेछ आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ उच्च व्यक्तिबाट सहयोग मिल्नुका साथै नोकरीमा पदोन्नतिको सम्भावना बढेर जानेछ।
तुला
भोलिको प्रभाव बढेर जानेछ अल्झिएका कामहरू पूरा भएर जानेछन् कृषि चौपायाबाट लाभ लिन सकिन्छ नयाँ साथीको आगमनले कार्यमा जोस जाँगर बढेर जानेछ।
वृश्चिक
बौद्धिक कार्यमा सफलता मिल्नेछ। विद्याक्षेत्रमा सन्तुष्टि प्राप्त हुनेछ। गरेका काममा लाभ मिल्नुका साथै व्यवसायबाट फाइदा हुने देखिन्छ। जग्गा जमिनबाट आम्दानी बढेर जाने देखिन्छ।
धनु
नै कार्यमा बाधा आउनेछ जग्गा जमिनमा विवादको सामना गर्नुका साथै पतिपत्नीबीच मनमुटावको सिर्जना हुनेछ। ज्वरो सम्बन्धी समस्याले सताउनाले मनमा पिर परेर जानेछ।
मकर
प्राविधिक क्षेत्रमा उन्नति भएर जानेछ बोलीमा सुधार हुनुका साथै सेयर बजारमा रास आउने छ। विद्यार्थी वर्गका लागि आजको दिन मध्यम मान्न सकिन्छ। तर पशु चौपायाबाट केही हानि भने बेहोर्नुपर्ने देखिन्छ।
कुम्भ
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ आएमा कमी विद्यामा बाधा हुनाले त्रास बढेर जानेछ। व्यापारी तथा विद्यार्थी वर्गका लागि आजको दिन नराम्रो मान्न सकिन्छ। बुवासँग भने वैचारिक मतभेद आउनेछ।
मीन
झुट्टा आरोपको सामना गर्नुपर्नेछ स्वास्थ्यमा गडबड आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला राजनीतिक क्षेत्रमा भने सफल भइने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ।