काठमाडौं विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलनमा काभ्रे को धुलिखेलमा बिहिवारबाट शुभारम्भ हुदै छ ।
काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उदघाटन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रम विहिवारदेखि शनिवारसम्म चल्दैछ ।
भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको तत्वावधानमा आयोजित कार्यक्रममा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरूको उपस्थिति रहनेछ । उक्त कार्यक्रममा भारतीय विश्वविद्यालय संघका अध्यक्ष तथा विज्ञान एवं प्रौद्योगिकी विश्वविद्यालय मेघालयका उपकुलपति प्राडा जी डी शर्माले अध्यक्षीय सम्बोधन गर्नुहुनेछ । कार्यक्रमको समाप्ति मन्तव्य भने केयुका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गर्नु हुनेछ ।
यसैगरी कार्यक्रममा भारतीय विश्वविद्यालय सघका उपाध्यक्ष एवं क्षत्रपति साहुजी महाराज विश्विविद्यालय कानपुरका उपकुलपति विनय कुमार पाठक, अखिल भारतीय तकनीकी शिक्षा परिषदका अध्यक्ष डा अभय जेरे, राष्ट्रिय मूल्याकन एवं प्रत्यायन परिषद वेङ्गलुरूका निर्देशक प्रा गणेशन कन्नविराम, भारतीय कृषि अनुसन्धान परिषदका निर्देशक डा आर सी अग्रवाल, भारतीय विश्वविद्यालय संघकी महासचिव डा पंकज मित्तल तथा काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रममा हालसम्म भारत सहित दक्षिणपूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिका र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयका २३७ जनाको सहभागिता निश्चित भएको छ ।विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा 'भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण मूल- विषय रहेको उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर-विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछन् ।
अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण सस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गर्नेछ । साथै, सभा साझा सन्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा सावित हुनेछ । सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरु, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरु बीच सास्कृतिक विचार आदान प्रदानलाई पनि बढावा दिनेछ । सभाको अवधिमा सहभागीहरुले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरुको बारेमा छलफल गर्नेछन् । जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरु समावेश छन् ।