तोयराज नेपाल २०८०/७ /१५
अथ वर्धापनविधिः
´´स च वर्षपर्यन्तं प्रतिमासं जन्मतिथौ कार्यः। वर्षोत्तरं प्रत्यब्दं जन्मतिथौ कार्यः। तिथिद्वैधे यत्र जन्मर्क्षयोगः सा (तिथिः) ग्राह्या। दिनद्वये जन्मनक्षत्रयोगसत्त्वयोः
औदयिकी द्विमुहूर्ताधिका ग्राह्या। द्विमुहूर्तन्यूनत्वे पूर्वा। ``
धर्मसिन्धु सुधा -३७७
´´नवाम्बरधरो भूत्वा पूजयेच्च चिरायुषम्।
मार्कण्डेयं नरो भक्त्या पूजयेत् प्रयतस्तथा।
ततो दीर्घायुषं व्यासं रामं द्रौणिं कृपं बलिम्।
प्रह्लादं च हनूमन्तं विभीषणमथार्चयेत्।
स्वनक्षत्रं जन्मतिथिं प्राप्य सम्पूजयेन्नरः ।
षष्ठीं च दधिभक्तेन वर्षे वर्षे पुनः पुनः।।
सर्वैश्च जन्मदिवसे स्नातैर्मङ्गलवारिभिः।
गुरुदेवाग्निविप्राश्च पूजनीयाः प्रयत्नतः।।
स्वनक्षत्रं च पितरौ तथा देवः प्रजापतिः।
प्रतिसंवत्सरं यत्नात् कर्तव्यश्च महोत्सवः।।``
निर्णयसिन्धु चूडामणि -५३०
वर्धापन= भनेको जन्मोत्सव हो। जन्मोत्सव मुख्यरूपमा तिथिका आधारमा मनाउनुपर्दछ। बालक जन्मिएका एकवर्षसम्म प्रत्येक महिनामा जन्मतिथिकादिन षष्ठिकासहित मार्कण्डेयादि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्दछ। तिथि २ दिन भएमा जुनदिन जन्मनक्षत्र पर्दछ त्यसैदिन जन्मोत्सव गर्नुपर्दछ। जन्मतिथि र जन्मन्क्षत्र दुवै दिन परेमा द्विमुहूर्तसम्म तिथि भएमा अर्थात् ४ घडी र त्यसभन्दा बढि जन्म तिथिभए भोलिपल्ट जन्मोत्सव गर्नुपर्दछ। ४ घडीभन्दा कम्ती तिथि भएमा अघिल्लादिनमा जन्मोत्सव गर्नुपर्दछ।
अष्टचिञ्जीवी भनेका १-मार्कण्डेय ,२-व्यास ,३-राम = भनेका परशुराम , ४-द्रौणि= भनेका अश्वत्थामा , ५-कृपाचार्य , ६-बलि , ७-हनूमान् ,र ८-विभीषण हुन्। यहाँ प्रह्लादलाई पनि चिरञ्जीवीमा मानेको छ , तर यस वैवस्वत मन्वन्तका अष्टचिरञ्जीवी भित्र प्रह्लाद पर्दैनन् ,अर्कै मन्वन्तरका अष्टचिरञ्जीवीमध्येका हुन्। त्यसैले प्रह्लादलाई अष्टचिरञ्जीवी मानेर पूजा गर्ने हाम्रो परम्परा छैन।
ॐ हरये नमः।।