काभ्रे÷काठमाण्डौबाट मन्थली तर्फ जादै गरेको इलेक्ट्रिक भ्यान दुर्घटना हुदा एकको निधन भएको छ भने सात जना घाईते भएका छन् ।
आज बिहान काठमाण्डौबाट मन्थलीका लागि छुटेको बा.प्र.०३—००१ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानले काठमण्डौबाट पुर्व इलाम तर्फ जादै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई काभ्रे जिल्ला पनौति नगर पालिका ५ सुन्दर बस्तिमा बिहानै ठक्कर दिई गाडि भाग्ने क्रममा अनियत्रित भई सडक नालिमा खस्दा गाडिमा सवार मन्थली १२ रामेछापकी २० वर्षिया रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मोटर साइकलमा सबार इलाम थाकाथुम गाउपालिका ३ का ४० बर्षिय रामकुमार राई र उनकी श्रीमती वर्ष ३९ की प्रवीसा सुनार घइते भएका छन् । गाडिमा सबार अन्य घईतेहरुमा रामेछाप मन्थली १२ की पुष्पा तामाङ्ग, लिखु तामाकोसी ३ का टंक प्रसाद दाहाल, ६ का अनिल आलेमगर, मन्थली २ की ज्ञानू ढुगेल, १ का रकेट ढुगेल, सिन्धुली जिल्ला सुनकोशी गाउपालिका ३ की उर्मिला घिमिरे रहेका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले काभ्रेले बताएको छ ।