जिल्ला प्रहरी कार्यालयले "लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्ध साताब्यपी रुपमा मनाउन आज बाट शुरु गरेको छ ।
लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस" साताव्यापी रुपमा मनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले KAN Campaign:Kavre Against Narcotics अवधारणा लागु गर्दै ट्राफिक प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयका डाक्टरसंग समन्वय गरि आज धुलिखेल भकुण्डेचोकमा २९ जना सवारि चालकहरुको लागु पदार्थ सेवान गरेका छन/छैन भनेर स्वास्थ परिक्षण गरिएको छ।उत्त स्वास्थ परिक्षण गर्दा ३ जना माथी शङ्का लागि खोजतलास गर्दा ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।