काठमाडौँ । प्रतिनिधि सभामा संसद फेस गरेर बिश्वासको मत लिएर मात्र अगाडि बढ्ने प्रधानमन्त्रीले बताएका छन ।
पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रियाका लागि आवश्यक काम अघि बढाउने बताएका हुन् ।
विश्वासको मतको प्रस्तावमा जाने निर्णय भएको छ”उत्त कुरा ,आज बिहान बसेको माओबादिको बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने । वर्तमान सत्ता समीकरणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत सबै दलसँग विश्वासको मतका सम्बन्धमा छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।