Winter Rain
काठमाडौँ । अरब सागरमा उत्पत्ती भइ भारतको उत्तर प्रदेश हुँदै नेपाल आएको प्रणाली मोन्था नामक समुन्द्री चक्रवातले बनाएको वर्षा गराउने प्रणाली र पश्चिमी वायुको प्रभावले बिहीबार बिहानदेखि देशका धेरै ठाउँमा पानी परिरहेकाे छ।
आज लुम्बिनी प्रदेशको पूर्वी भागदेखि गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका धेरै भागमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।
यी प्रणालीको असर भइरहेकै बेला मोन्था चक्रवातपछिको प्रभावले आज रातिदेखि कार्तिक १४ गते दिनभरि बागमती, गण्डकी, मधेस प्रदेश र कोशी प्रदेशमा वर्षा हुनेछ।
केही ठाउँमा भारि वर्षा हुने सम्भावना रहेकाे विश्वका विभिन्न मौसमी अध्ययन केन्द्रहरुले देखाएका छन् । शनिबार बिहानदेखि भने माैसममा सुधार हुँदै जाने वरिष्ठ माैसमविद् धर्मदेव उप्रेतीले बताउनुभएकाे छ।

October 31, 2025, Jyotishsanchar press