Nepali Congress
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे ।
गत असोज २८ गतेदेखि शुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिती तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको छ।
यसअघि बिहीबारकाे बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक विचार राखेका थिए ।

October 31, 2025, Jyotishsanchar press