Share
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज उच्च बृद्धि भएको छ। नेप्से ३०.७५ अंकले बढेको हो । यससँगै ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैंयाँको कारोबार भएकाे छ।
नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको शेयर मूल्य बढेकाे छ। ४२ वटा कम्पनीको मूल्य घट्दा नेप्से परिसूचक २ हजार ६३१.१४ बिन्दुमा पुगेको छ। आज ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेकाे छ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाएका छन् । खानीखोला हाइड्रोपावरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए।

November 2, 2025, Jyotishsanchar press