544648559 794896489751613 6943871697127727164 N
काठमाडाैँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा मारिएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको उनले बताए ।

November 4, 2025, Jyotishsanchar press