Banepa Bajet 082
प्र.नं. १ बनेपा नगरपालिकाको नगर कार्यपालिकाबाट निर्णय भई नगर सभाका अध्यक्ष एवं नगर प्रमुख श्री शान्तिरत्न शाक्यज्यूबाट नगर सभा समक्ष प्रस्तुत भएको बनेपा नगरपालिकाको आ.व. २०८२/०८३ को तपसिल बमोजिमको नीति तथा कार्यक्रम सर्वसम्मतरूपमा पारित गरियो ।
आर्थिक वर्ष २०८२/०८३
नीति तथा कार्यक्रम
भूमिका
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय तह (बनेपा नगरपालिका) को दोस्रो कार्यकालका लागि २०७९ सालको निर्वाचनबाट निर्वाचत हामी जनप्रतिनिधिहरु यस नगरपालिकाको नगरसभाको सोह्रौं अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ को नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमाका लागि उपस्थित भएका छौं ।
सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ का सान्दर्भिक दफा तथा नियमहरू, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार संचालन ऐन, २०७४, स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन, २०७४, प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायी बजेट नमूना निर्देशिका, २०७७, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८, संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानून तथा मापदण्डहरू र स्थानीय तहको एकल अधिकारमा समावेश भएका विषयहरू सम्वोधन हुनेगरी सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र नगरबासीको जीवनस्तरमा उल्लेखनीय सुधार गर्न आगामी आ.व. २०८२÷०८३ को नीति, योजना, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने अभिभारा हाम्रो काँधमा छ । यस परिस्थितिमा विकासको ढाँचा, गति र संस्कृति बदल्न स्थानीय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसरहरू सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन उपलब्ध स्रोत, साधन र सामथ्र्यको कुशलतम परिचालन गर्न हामी सक्षम हुनेछौं भन्नेमा म विश्वस्त छु ।
चालू वर्षका लागि हामीले लिएका नीति र तर्जुमा गरीएका योजना तथा कार्यक्रमहरू सही दिशामा परिचालित भई अपेक्षित उपलब्धि हासिल गर्न सफलता मिलेको हामी सबैमा विदितै छ । आगामी आ.व.मा पनि सबल, सक्षम र पारदर्शी स्थानीय सरकारको नारालाई आत्मसात गरी हामी अगाडि बढ्नु पर्दछ भन्नेमा म आशावादी छु । सबै जनप्रतिनिधिहरू, राजनैतिक दलहरू, सरकारी निकायहरू, सामाजिक संघसंस्थाहरू, सञ्चारकर्मी मित्रहरू, कर्मचारी साथीहरू र आम नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरूबाट प्राप्त साथ र सहयोगको पूर्ण उपयोग गरी स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयनमा सदाझै बनेपा नगरपालिका सफल हुनेछ भन्ने अपेक्षा सहित आर्थिक वर्ष २०८२/०८३ का लागि तर्जुमा गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
(क) आर्थिक विकास
कृषि तथा पशुपन्छी विकासः
कृषि विकास
कृषि विकाससँग सम्वद्ध आवश्यक ऐन तथा कार्यावधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
दिगो विकासको लक्ष्य नं. २ प्राप्त गर्न दिगो कृषि प्रवद्र्धन हुने कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
कृषि पेशामा संलग्न वास्तविक कृषकहरुको यथार्थ विवरण संकलन गरी किसान परिचयपत्र बितरणको ब्यवस्था मिलाइने छ ।
नगरको समग्र कृषि प्रणालीको विकास तथा अनुदान प्रणालीलाई व्यवस्थित गर्न सफ्टवेयरको विकास गरी प्रयोगमा ल्याइने छ ।
कृषियोग्य जमिन, स्थानीय चरन तथा सार्वजनिक पर्तिजग्गाको नियमन तथा व्यवस्थापन गरिनेछ ।
विपन्न तथा वास्तविक कृषकहरूको पहिचान गरी कृषि सामग्रीहरु (वीउ, मल, विषादी, कृषि औजार, बायोपेस्टिसाईड आदि) निःशुल्क उपलब्ध हुने प्रबन्ध मिलाइने छ ।
ठूला तथा व्यवसायिक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उत्पादन परिमाण र क्षेत्रफलका आधारमा कृषि औजारहरू उपलब्ध गराइने छ ।
भू–बनोट तथा माटोको गुण अनुसारका बालीहरुको उत्पादन र उत्पादककत्व अभिवृद्धिका लागि क्रमशः पकेट वा ब्लक क्षेत्रहरू निर्धारण गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।
अगानिक कृषि प्रणालीको मापदण्ड निर्धारण गरी अर्गानक कृषि उत्पादनमा विशेष राहतका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
लायकुमा सञ्चालित कृषि हाटबजारलाई ब्यवस्थापन समिति मार्फत थप व्यवस्थित गरिनेछ ।
विपन्न तथा लक्षित वर्गका लागि आधारभूत कृषि तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
कृषिमा व्यवसायीकरण, यान्त्रीकरण र आधुनिकीकरण गरी थप रोजगारीका अवसरहरू सिर्जना गरिनेछ ।
माटो परीक्षण प्रयोगशाला स्थापना तथा संचालनको लागि तालुक निकायहरूसँग आवश्यक समन्वय गरिनेछ ।
प्राङ्गारिक तथा कम्पोस्ट मलको प्रयोग बढाउँदै अर्गानक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि उपजको भण्डारण तथा व्यवस्थापनको लागि शीत भण्डार (ऋयमि क्तयचबनभ) निर्माण कार्य सम्पन्न गरिनेछ ।
नगर क्षेत्रभित्र च्याउ खेती विस्तारका लागि आवश्यक सहयोग गरिनेछ ।
सामुदायिक वनसंगको साझेदारीमा नमुना फलफूल बगैचा स्थापना कार्यक्रमको सुरुवात गरिनेछ ।
पशुपन्छी विकासः
पशु नश्ल सुधार तथा व्यवस्थापन, पशु बीमा तथा ऋणको सहजीकरण, पशुपंछिजन्य सेवा, पशु स्वास्थ्य सेवाको व्यवस्थापन गर्न आवश्यक पर्ने ऐन तथा कार्यावधि तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
व्यवसायिक पशुपालनमा युवाहरुको सहभागिता बढाई स्वावलम्बी बन्न उत्प्रेरित गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिइने छ ।
परम्परागत र निर्वाहमुखी पशुपालन प्रणालीलाई व्यवसायिक एवं प्रतिस्पर्धात्मक प्रणालीमा रुपान्तरण गरिनेछ ।
पशुपन्छीजन्य उत्पादन बृद्धिका लागि नश्ल सुधार र बजार व्यवस्थापनका कार्यक्रमहरू संचालन गरिनेछ ।
पशुपालनलाई बढी उत्पादनमुखी र व्यवसायिक बनाउन थलो सुधार कार्यक्रम लागू गरिनेछ ।
पशुपालनमा यान्त्रीकरणलाई थप प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू संचालन गरिनेछा साथै डाले घाँस र बहु–उन्नत जातका घाँसको उत्पादनमा जोड दिइनेछ ।
उपयुक्त स्थानमा आधुनिक प्रविधियुक्त बधशाला निर्माणका लागि अध्ययन गरी कार्यान्वयनको वातावरण मिलाइने छा साथै स्वच्छ, स्वस्थ मासु बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निजी क्षेत्रलाई थप जिम्मेवार बनाउने नीति लिइने छ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
कुखुरापालन, बंगुरपालन, पंछीपालन तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्नका लागि आवश्यक मापदण्ड तयार गरी सो अनुसारको कार्ययोजना लागू गरिनेछ ।
नगर क्षेत्रभित्रका चौपायाहरुको सूचीकरण गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
नगर क्षेत्रभित्र चौपायाहरु वेवारिसे अवस्थामा छोड्ने कार्यलाई निरुत्साहित गर्न कडाइका साथ अनुगमन गरी दोषीलाई कारवाही गरिनेछ । साथै छाडा चौपायहरुको पुनस्र्थापनाका लागि पहल गरिनेछ ।
नगर क्षेत्र भित्रका छाडा कुकुरहरु नियन्त्रणको कार्यक्रमलाई निरन्तरता दिइने छ । साथै रेविज रोग नियन्त्रणका लागि सामुदायिक कुकुरको बन्ध्याकरण र नियमित खोपको व्यवस्था मिलाइने छ ।
दुग्धजन्य पदार्थको उत्पादन बढाई निर्यात गर्न सक्ने वातावरण बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरभित्रका सम्पुर्ण पशुहरुमा लाग्ने महामारीजन्य रोगहरुको नियन्त्रण र रोकथामको लागि निःशुल्क र अनिवार्य खोपको कार्यक्रमलाई निरन्तरता दिईने छ ।
नगरभित्र पशुपन्छीमा फैलन सक्ने सम्भावित रोगको पहिचान र नियन्त्रण गर्नका लागि आधारभूत प्रयोगशाला संचालन गरिनेछ ।
उद्योग तथा वाणिज्यः
स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहित गरिनेछ ।
सहकारी तथा सामुदायिक क्षेत्रलाई उद्यम विकासतर्फ आकर्षित गरिनेछ ।
स्थानीय उत्पादनहरुको गुणस्तर अभिवृद्धि गर्न खाद्य अनुसन्धान विभागबाट अनुज्ञापत्र लिनको लागि आवश्यक सहजीकरण गरी बजार प्रवद्र्धनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा जोड दिइने छ ।
बनेपा नगरपालिकाको भू–उपयोगको अवस्था अध्ययन गरी औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरी सञ्चालन हुने काष्ठकला, हाते उद्योग, पर्यटन सामाग्री उत्पादन गर्ने उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
घरेलु उत्पादनलाई बजारीकरण गर्न लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिनेछ ।
नगर क्षेत्रभित्र स्थापना र सञ्चालन हुने उद्योगहरुलाई जलवायु अनुकूलन बनाउने गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
पर्यटकमैत्री स्थानीय खाद्य परिकार प्रवद्र्धनका लागि स्थानीय श्रोत साधन एवं जनशक्ति परिचालन गरिनेछ ।
उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ ।
दक्ष जनशक्ति पलायन रोक्न श्रम प्रोत्साहनका कार्यक्रमहरू संचालन गरिनेछ ।
श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कारको विकास गरिनेछ ।
नगरपालिका क्षेत्रभित्रका वित्तीय एवं सहकारी संस्थाहरुबाट घरेलु तथा साना उद्योग क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने नीति बनाई कार्यान्वयन गरिनेछ ।
तोकिएको समयभित्र दर्ता हुने उद्योग व्यवसायहरुलाई दर्ता शुल्कमा छुटका लागि कानूनी व्यवस्था मिलाइने छ र उद्योग, व्यावसायहरुलाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाइने छ ।
नगर क्षेत्रभित्र रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय गरिनेछ ।
लघु उद्यमीहरुको उत्पादनका सामाग्रीहरूको बजारीकरण गर्न कोशेली घर पुनःनिर्माण गरी संचालनमा ल्याइने छ ।
संघीय तथा प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा एडभान्स सीप विकास तालिम संचालन गरिनेछ ।
पर्यटन विकासः
नगर अन्तर्गत रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको विकास गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।
नगरकोट भ्रमण वर्ष, २०८२ लाई सफल बनाउन चाँगुनारायण, मन्डनदेउपुर र शंखरापुर नगरपालिकासँगको समन्वयमा विभिन्न कार्यक्रमहरू संचालन गर्नुका साथै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने नीति लिइने छ ।
नगरकोट भ्रमण वर्ष, २०८२ भव्य र सभ्य रूपमा मनाउन (विषेशगरी वडा १, २ र ३ लाई समेटी) विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न होमस्टे स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाइने छ ।
बनेपा नगर क्षेत्रभित्रका नगरकोट, वासुकी पार्क, गोसाईस्थान, चप्लेटी, लामागाउँ, मगर गाउँ आशापुरी नागीडाँडा, शान्ति पार्क, धनेश्वर क्षेत्र, कांशी भञ्ज्याङ्ग, खावा गढी जस्ता स्थलहरुलाई जोड्ने ट्रेकिङ रुट निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरू आगमन हुने वातावरण मिलाइने छ ।
नगर क्षेत्रभित्रका युवाहरुलाई पर्यटन पथप्रदर्शकका रुपमा परिचालन गर्न भाषा शिक्षण जस्ता कार्यक्रमहरू संचालन गरिनेछ ।
स्थानीय स्तरमा परम्परागत रुपमा प्रयोग र संरक्षण भई आएका कला, नृत्य तथा भजनहरुको संरक्षणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
बनेपा नगरपालिका वडा नं २ र ३ स्थित हिलेजलजलेमा बहुउदेश्यीय कृत्रिम ताल निर्माण र बनेपा वडा नं. ९ मा बुद्धपार्क निर्माण गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।
बनेपा ११ मा पानीधारा तथा बनेपा १ र २ कलममसी सिमसार क्षेत्रमा कृत्रिम ताल निर्माणलाई प्राथमिकता दिइने छ ।
बनेपा १ मा रहेको ऐतिहासिक गढी र बनेपा ८ मा रहेको लायकु दरबारको संरक्षण गरिनेछ ।
बनेपा वडा नं. ६ स्थित गोसाईंस्थान भ्यूटावर र बनेपा वडा नं. ११ स्थित शान्ति पार्कको स्तरोन्नति गरिनेछ ।
गोसाइँस्थान लगायत पर्यटकीय क्षेत्रहरूको संरक्षण गर्न संरक्षण समितिहरू गठन गरी ती क्षेत्रहरुको संरक्षण गरिनेछ ।
सहकारी विकासः
सहकारी संस्थाहरूको नियमन तथा व्यवस्थापनका लागि नेपाल सरकारले संचालनमा ल्याएको सहकारी तथा गरीबी व्यवस्थापन सूचना प्रणाली (ऋइएइःक्ष्क्) को प्रभावकारी रूपमा कार्यान्वयन गरी वित्तीय सुशासन कायम गरिनेछ ।
सहकारी संस्थाहरूको संस्थागत सुशासन तथा स्व–मूल्याङ्कनलाई अनिवार्य गरी सहकारी संस्थालाई समाजको अभिन्न अंगको रुपमा विकास गरिनेछ ।
सहकारी संस्थाहरुको साख जोगाउन तथा वचतकर्ताहरुको वचतको सुरक्षाको प्रत्याभूतिका लागि कानून विपरीत कार्य गर्नेलाई प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।
सहकारी संस्थाका सदस्यहरूलाई सूचना प्रणालीमा आवद्ध गरी स्व–मूल्याङ्कनको नतिजा नियमित सार्वजनिक गरे नगरेको सम्बन्धमा नगरपालिका र सम्बन्धित वडा कार्यालयहरूबाट नियमन गरिनेछ ।
सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आवश्यक मापदण्ड बनाई एकीकरण गरिने र निष्कृय रहेका सहकारी संस्थाहरुलाई नियमानुसार खारेज गरिनेछ ।
सहकारी संस्थाहरुको प्रबद्र्धनका लागि नगरपालिका, विषयगत सहकारी संघ र सहकारी संस्थाहरुका बीचमा साझेदारी गरी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकारी उद्योग व्यवसाय प्रबद्र्धन गर्न स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित विशिष्टीकृत सहकारी उद्योग स्थापनालाई प्राथमिकता दिइने छ ।
नयाँ सहकारी संस्था दर्ता गरिनेछैन तथा एकीकरणको अवस्थामा बाहेक कार्यक्षेत्र पनि विस्तार गरिनेछैन ।
सहकारी संस्थाहरुसँग सहकार्य गरी सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
सहकारी संस्थाहरुलाई सामाजिक कार्यहरुमा दोहोरोपन नहुने गरी गतिविधिहरु सञ्चालन गर्न उत्प्रेरित गरिनेछ ।
सहकारी संघ संस्थाहरुको क्भपथथयक इलष्लिभ क्थकतझ को माध्यमबाट वडा र नगरपालिकाबाट अनुगमन गर्ने व्यवस्था गरिनेछ साथै यही प्रणालीबाट स्वः मूल्याङ्कन हुने व्यवस्था मिलाईने छ ।
सहकारी संस्थाहरुको सुशासन र क्षमता विकासका लागि साझेदारीमा विभिन्न तालिमहरु सञ्चालन गरिनेछ ।
कृषि सहकारी संस्थाहरुलाई कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन र बजारीकरणमा प्रोत्साहन गरिनेछ ।
राष्ट्रिय रोजगार कार्यक्रमः
स्थानीय बजारको माग अनुरूप सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरी रोजगारीमा आवद्ध गरिनेछ ।
स्वरोजगार प्रवद्र्धन गर्न युवा लक्षित उद्यमशीलता विकास र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइने छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनमूलक कार्यक्रमहरू संचालन गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
बेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन तथा विश्लेषण गरी रोजगार सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक गरिनेछ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको लागि श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिको कार्यलाई प्रभावकारी कार्यान्वन गरी श्रम संसार प्रणाली लागू गरिनेछ ।
संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ ।
गरीबी न्यूनीकरण तथा रोजगारीका अवसर बृद्धि हुने कार्यक्रमहरू संचालन गरिनेछ ।
आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने छ ।
पालिका स्तरीय योजनाहरुमा रोजगारीका लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारहरुलाई प्राथमिकतामा राखिने छ ।
सार्वजनिक लगानी व्यवस्थापनः
प्रर्याप्त पूर्वतयारी भएका र आर्थिक तथा प्राविधिक रुपमा सम्भाव्य आयोजना वा कार्यक्रम मात्र छनौट भएका छन् भन्ने वस्तुगत आधार विना नै रकम विनियोजन गर्ने पद्धतिले विनियोजित रकम खर्च भएर पनि प्रतिफल प्राप्र हुन नसक्ने, अधुरा वा बीचमा छोड्नुपर्ने आयोजनाको संख्या बढ्दै जाने र यसबाट सार्वजनिक स्रोतको जवाफदेही उपयोगमा प्रश्न चिन्ह खडा हुने समस्याको निराकरणका लागि नगरपालिकाबाट गरिने सार्वजनिक लगानीलाई वित्तीय अनुशासन, विनियोजन कुशलता र खर्चमा दक्षता अभिबृद्धि गरी नतिजामुखी बनाउन विद्यमान योजना प्रणाली सुधारमा विशेष जोड दिइनेछ ।
नतिजामूखी सार्वजनिक लगानीको सुनिश्चितताका लागि आर्थिक, सामाजिक, प्राविधिक र वातावरणीय दृष्टिले कार्यान्वयनयोग्य आयोजना पहिचान, छनौट र प्राथमिकीकरण गर्ने आयोजना बैंक पद्धतिको कार्यान्वयन मार्फत आयोजना छनौट प्रणालीलाई नियमवद्ध र तथ्यमा आधारित बनाई पूँजिगत लगानीमा विनियोजन दक्षता अभिवृद्धि गर्न र प्रतिफल सुनिश्चित गर्न जोड दिइनेछ ।
लैंगिक तथा जलवायु मैत्री मध्यमकालीन खर्च संरचना मार्फत आवधिक योजना वा रणनीतिक वा गुरुयोजनालाई वार्षिक बजेटसँग आवद्ध गरी उपलब्ध स्रोत साधनलाई योजनाले निर्धारण गरेका प्राथमिकता अनुरुप परिचालन गर्ने पद्धतिलाई संस्थागत गर्दै लगिनेछ ।
नगरपालिकाको उपलब्ध स्रोतलाई महिला, बालबालिका, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक लगायत सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक सशक्तीकरणमा केन्द्रित गर्नका लागि बजेटको कम्तिमा १० प्रतिशत रकम त्यस्ता समुदायलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमको निमित्त विनियोजन गर्ने नीति अवलम्बन गरिनेछ ।
ख) सामाजिक विकासः
शिक्षा, युवा तथा खेलकूदः
शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाइने छ ।
विद्यालय शिक्षा सुधारका लागि कानूनी, नीतिगत र संस्थागत सुधार गरिनेछ ।
आधुनिक प्रविधिमा पहुँच पुरÞ्याई प्रविधिमैत्री र बालमैत्री शिक्षण सिकाइ विधि अवलम्बन गर्न शिक्षकहरुको क्षमता अभिवृद्धि र प्रविधिमा पहुँचको वातावरण मिलाइनेछ ।
बालबालिकाको स्वस्थ जीवनशैली विकास गर्न विद्यालयमा दिवा खाजा, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना, विद्यार्थीको स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाइनेछ । स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोगलाई दिवा खाजा व्यवस्थापनमा प्रोत्साहित गरिनेछ ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा लागू भएको नगरपालिका घोषणा गर्न विद्यालय शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालय शिक्षामा समावेश गरिनेछ ।
माध्यमिक तहको शिक्षकको पेसागत क्षमता विकास गर्न गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक अध्ययन विषयमा नगरस्तरमा विषय समिति गठन गरी अनलाइन प्रविधि प्रयोगमा शिक्षकको क्षमता, विषयगत अनुभव आदान प्रदान, शिक्षण विधि तथा शैक्षिक सामग्रीको विकासमा संलग्न गराई शिक्षण सिकाइमा सुधार ल्याइनेछ ।
समाहित शिक्षाका लागि आवासीय सुविधासहितको समाहित विद्यालय भवन निर्माण गरी अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अधिकार सुनिश्चत गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
नगर शिक्षा योजना निर्माण गरी शैक्षिक सुशासन तथा शैक्षिक गुणस्तरमा सुधार ल्याइनेछ ।
एकीकृत पाठ्यक्रम तथा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन शिक्षकलाई तालिम, शैक्षिक सामग्री विकास तथा वितरण गरिनेछ ।
वडाबाट विपन्नताको सिफारिस भई आएका विद्यार्थीलाई संस्थागत विद्यालयमा छात्रवृत्ति सिफारिस गरिनेछ ।
नगरभित्र सञ्चालित विद्यालयहरुमध्ये कक्षा ५, ८, १०, र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगद सहित ’मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम संचालन गरिनेछ ।
विद्यालयमा पिउनयोग्य खानेपानीको सुनिश्चितता गरिनेछ साथै विद्यालय परिसरमा फलफूलका बिरुवा लगाउन प्रोत्साहित गरी हरित विद्यालय निर्माण कार्यक्रमलाई अघि बढाइनेछ ।
भौगोलिक अवस्था, शिक्षक–विद्यार्थी अनुपात लगायतका आधारमा सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
युवाहरूलाई रोजगार तथा स्वरोजगारमूलक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदान गर्न नेपाल बनेपा बहुप्राविधिक शिक्षालय तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनासँग अर्थपूर्ण समन्वय गरिनेछ ।
शैक्षिक संस्थाहरुका नाममा रहेका तर उपयोगमा नआएका भवन र जग्गाहरू पहिचान गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गरी प्रतिफल प्राप्त गर्ने वातावरण मिलाइनेछ ।
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा प्राविधिक विषयहरुमा आधारभूत तथा परिष्कृत तालिम र उच्च शिक्षा अध्ययन अध्यापनका लागि नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा कार्यक्रम सञ्चालन गर्ने वातावरण मिलाइनेछ ।
गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थीको सिकाइ उपलब्धि बृद्धि गर्न सामग्री निर्माण तथा प्रदर्शनलाई जोड दिइनेछ ।
विद्यार्थीहरूको सिकाइ अवस्थाको मूल्याङ्कन गरी उपचरात्मक कक्षाको व्यवस्था गरिनेछ ।
आधारभूत तह (कक्षा ८), क्भ्भ् तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।
“बनेपाको अभियान, प्रतिभा पहिचान“ का लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ ।
सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान कार्यक्रम सुरू गरिनेछ ।
“एकाइसौं शताब्दीको जोड, शिक्षामा क्ष्ऋत् को प्रयोग“ लाई सार्थक बनाउन क्ष्ऋत् मा शिक्षकको क्षमता विकास कार्यक्रम अघि बढाइनेछ ।
आधारभूत तहको परीक्षालाई स्तरीकरण गरी व्यवस्थित बनाउन आवश्यक मानकहरु तयार गरी कार्यान्वयन गरीनुका साथै आधारभूत तहको नतिजाको आधारमा विद्यालय तथा शिक्षक पुरस्कृत गर्ने र सम्मान गर्ने कार्यक्रम अघि बढाइनेछ ।
अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी बनाउन नमूना विद्यालय अवलोकन भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
“स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद,“ भन्ने नारालाई सफल पार्न विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड लगायतका खेलकूद प्रतियोगिताहरु सञ्चालन गरिनेछ साथै “शिक्षासंगै खेलकूद तथा खेलकूदसँगै शिक्षा“ भन्ने नारालाई सार्थक बनाउन विद्यालय खेलकूद तथा अतिरिक्त क्रियाकलापको योजना बनाई कार्यान्वयन गरिनेछ ।
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गरी तथ्य र प्रमाणमा आधारित नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।
वृत्ति मार्गानर्देशन कार्यक्रमलाई विद्यालयमा निरन्तरता दिई वृत्ति मार्गानर्देशनलाई सेवा इकाईको संस्थागत विकास गरिनेछ ।
विद्यार्थीहरुको बहुप्रतिभा पहिचान गरी सर्वाङ्गीण विकास गर्न खेलकूद शिक्षक र सङ्गीत नृत्य शिक्षकको व्यवस्थापन गरिनेछ ।
कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्र व्यवस्थापनको लागि आवश्यक कार्यावधि निर्माण गरिनेछ ।
प्रधानाध्यापकहरुको दैनिक प्रशासन प्रभावकारी बनाउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइनेछ ।
सामुदायिक विद्यालयहरूको सघन अनुगमन र सुपरिवेक्षण गरी आवश्यक पृष्ठपोषण दिई शैक्षिक गुणस्तर अभिबृद्धि गरिनेछ ।
सबै सामुदायिक विद्यालयलाई अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक समान रुपमा उपलब्ध गराइनेछ । यसका लागि अंग्रेजी, विज्ञान र गणित विषयमा दरबन्दी परिवर्तन गरी शिक्षक सरूवा समेत गरिनेछ ।
सामुदायिक क्याम्पसको गुणस्तर सुधारको लागि आवश्यक व्यवस्थापन मिलाइनेछ ।
विद्यार्थीहरुको बहुप्रतिभा पहिचान र सर्वाङ्गीण विकास गर्न प्रतिभा पहिचान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आवश्यक थप बजेटको सुनिश्चतता मिलाइनेछ ।
नगरपालिकाको स्वीकृतिमा सञ्चालन भएका प्राविधिक विद्यालयको गुणस्तर सुधारको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
समायोजन भएका सामुदायिक विद्यालयहरुलाई थप सहयोग गर्ने नीति अवलम्वन गरिनेछ ।
बनेपा नगरपालिका भित्रका विद्यालयहरूका लागि शैक्षिक कार्यपात्रो निर्माण गरी कार्यान्वयन गरिनेछ ।
वडा शिक्षा समितिलाई थप जिम्मेवार बनाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
प्रत्येक विद्यालयमा स्काउट स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
“मेयरसँग युवा“ कार्यक्रम मार्फत नगर क्षेत्रभित्रका युवाहरुको सशक्तीकरणका लागि आवश्यक कार्यक्रमहरुको प्रबन्ध मिलाइनेछ ।
मेयर कप फुटबल प्रतियोगितालाई परिमार्जन सहित सञ्चालनलाई निरन्तरता दिइनेछ ।
मेयर कप कराँते प्रतियोगिता सञ्चालनको व्यवस्था मिलाइनेछ ।
नवीन सोच सहितको युवा जाँगरको सदुपयोग गरी उद्यमशील बन्न उत्प्रेरित गर्न सहुलियतपूर्ण वित्तीय व्यवस्थाका लागि उपयुक्त कार्यक्रमको पहिचान गरी कार्यान्वयनमा जोड दिइनेछ ।
“एक वडा, एक खेल मैदान“ योजनालाई निरन्तरता दिइने छ साथै खेलकूद क्षेत्रको विकास र प्रवद्र्धनका लागि एउटा सुविधा सम्पन्न कभडहल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी श्रोत व्यवस्थापनको पहल गरिनेछ ।
दुव्र्यसनमुक्त नगर निर्माणका लागि युवा परिचालनका कार्यक्रम संचालन गरिनेछ ।
बिभिन्न प्रकारका खेलकूदमा युवा सहभागिता बृद्धिका लागि उत्प्रेरित गर्ने प्रकृतिका गतिविधि सञ्चालनमा जोड दिइनेछ ।
नगर स्तरीय खेलकूद विकास समिति गठनका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
युवाहरुको शारीरिक र मानसिक विकासका लागि नगर तथा वडा स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिनेछ ।
उप–मेयर कप महिला भलिबल प्रतियोगितालाई निरन्तरता दिदै महिलाहरूलाई खेलकूद क्षेत्रमा सहभागिताका लागि प्रोत्साहित गरिनेछ ।
टेबुल टेनिस, फुटबल, भलिबल, टेक्वान्दो लगायतका खेलहरुको प्रतिस्पर्धात्मक विकासमा जोड दिइनेछ ।
युवा नेतृत्व क्षमता विकास कार्यक्रमलाई प्राथमिकताकासाथ अगाडि बढाइनेछ ।
राष्ट्रिय अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई उचित पुरस्कारसहित सम्मान गरिनेछ ।
स्वास्थ्यः
सबै नागरीकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय र प्रदेश सरकारसँग आवश्यक सहकार्य गरिनेछ ।
विभिन्न प्रकारका संक्रामक रोगको संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक स्वास्थ्योपचारका लागि कार्यक्रम सहित बजेटको व्यवस्था गरिनेछ ।
संक्रामक रोग रोकथाम तथा नियन्त्रणको लागि समुदाय स्तरमा सर्भिलेन्स गरिनेछ ।
उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायक पहिचान गरी पुरष्कृत गरिनेछ ।
बनेपा नगरपालिका वडा नं. ४ मा सञ्चालित बनेपा आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गरी सेवालाई विस्तार गरने छ ।
सबै स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड पूरा गरेर गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह गरेको सुनिश्चित गरिनेछ ।
क्षयरोग मुक्त नगर हाम्रो बनेपा सहरको लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
नसर्ने रोगहरु विषेशगरी उच्चरक्तचाप र मधुमेहको अवस्था पत्ता लगाई न्यूनीकरणका उपायहरु अवलम्बन गरिनेछ ।
आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य स्वस्थ राख्नको लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ र बनेपा आधारभूत नगर अस्पतालमा मानसिक स्वास्थ्यको क्लिनिक राखी सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
स्वास्थ्य विपद् व्यवस्थापनको लागि सबै वडामा च्च्त्–च्बउष्म च्भकउयलकभ त्भबm गठन गरी अभिमूखीकरण गरिनेछ ।
विद्यालय नर्सहरूको लागि आवश्यक औषधी तथा उपकरणको व्यवस्था गरिनेछ ।
सबै स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ ।
बालमैत्री स्थानीय शासनका सूचक पूरा गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
स्वास्थ्यकर्मीहरुको कार्यसम्पादनमा तीव्रता ल्याउनको लागि स्वास्थ्य कार्यक्रमहरुको असल अभ्यास भएका पालिकाहरुमा अवलोकन भ्रमण तथा अन्तरक्रिया गरिनेछ ।
नगर स्वास्थ्य क्लिनिक र खोप क्लिनिकको सेवा विस्तार गर्न आवश्यक भौतिक पूर्वाधारको विकास गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
नगर प्रमुख स्वास्थ्य प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
उपप्रमुखसँग महिला, किशोरकिशोरी तथा बालबालिका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने छ ।
गर्भवतीलाई आठ पटक गर्भजाँचको लागि प्रोत्साहित गर्न स्वास्थ्य संस्थामा पोषक तत्व वितरण, निःशुल्क ऐल्बुमिन परीक्षण र आईरन, क्याल्सियम वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहित गर्नको लागि मासिक भत्ता र अवलोकन भ्रमण जस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।
शिर मेमोरियल अस्पतालको प्रभावकारी सेवा विस्तार तथा अस्पताल व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रचलित कानूनको अधीनमा रही प्रभावकारी नियमन र अनुगमनको वातावरण मिलाइने छ ।
हरेक वडामा योग केन्द्र स्थापना र सञ्चालनलाई प्रोत्साहन पुग्ने कार्यक्रम संचालन गरिनेछ ।
खोप, पोषण, प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व तथा एचआईभी एड्स जस्ता जटिल प्रकारका रोगहरू नियन्त्रण र नसर्ने रोग नियन्त्रणका कार्यक्रमहरूलाई व्यवस्थित प्रभावकारी र सुदृढ बनाइने छ ।
प्रचलित कानून बमोजिम सञ्चालन हुने जुनसुकै स्वास्थ्य संस्था नगरपालिकामा दर्ता र नवीकरण हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
क्यान्सर, मुटुरोग, डेङ्गु, कोभिड, औलो, कालाजार, हात्तीपाईले, ईन्सेफलाईटीस जस्ता खतरनाक रोगको रोकथाम, नियन्त्रण गर्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
बनेपा नगरपालिकाभित्र स्थायी बसोबास भएका व्यक्तिहरुका लागि सञ्चालित मोतीबिन्दुको निःशुल्क शल्यक्रियाका लागि रेयुकाइ आँखा अस्पतालसँग भएको सहकार्यलाई निरन्तरता दिइने छ ।
बनेपा नगरपालिका भित्र स्थायी बसोबास भएका अपाङ्ग बालबालिकाहरुका लागि सञ्चालित निःशुल्क शल्यक्रियालाई ज्च्म्ऋ बनेपा ११ सगँ भएको सहकार्यलाई निरन्तरता दिइने छ ।
बनेपामा रहेको ब्लड बैंकको सेवालाई सरल र अत्याधुनिक सुविधा सम्पन्न गर्न तथा नगरबासीहरुले सुलभ दरमा रगत प्राप्त गर्ने वातावरण मिलाउने कार्यलाई निरन्तरता दिइने छ ।
महिलालाई स्तन तथा पाठेघरको क्यान्सरबाट जोगाउन सचेतनामूलक कार्यक्रम र उपचारात्मक विधिलाई प्रश्रय दिने कार्यलाई निरन्तरता दिइने छ ।
स्वास्थ्यकर्मीहरुले दिने सेवामा गुणस्तरीयता ल्याउन आवश्यक तालिमहरु विशेष मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा र अन्य तालिमको व्यवस्था गरिनेछ ।
नेपाल सरकारबाट कार्यान्वयनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रममा आम नगरबासीको सहभागिताका लागि उपयुक्त वातावरण मिलाउनुका साथै स्वास्थ्य बीमाबाट हुने उपचारका लागि बनेपामा नगर अस्पतालबाटै सेवा प्रदानका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
उपलब्ध भएका सबै प्रकारका खोप लक्षित वर्गले गुणस्तरीय केन्द्रमा लगाउन पाउने वातावरण मिलाइने छ ।
नगर क्षेत्रभित्र रहेका विशेष सेवा प्रदान गर्ने एच. आर. डि सि. र स्पाइनल इन्जुरी अस्पतालमा सेवा गुणस्तरीय र सुलभ बनाउने कार्यलाई निरन्तरता दिइने छ ।
नगरबासीले सहज र सुलभ उपयोग गर्न सक्ने गरी नगर क्षेत्रभित्र एम्बुलेन्स र सवबाहन परिचालनको व्यवस्था मिलाइने छ ।
नगरपालिकाभित्र दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुले बनेपा नगरपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरुको स्वास्थ्यमा समस्या आई परीक्षण तथा औषधोपचार गर्नुपरेमा विशेष सहुलियतमा उपचार गर्न सम्बन्धित संस्थामा पहल गरिनेछ ।
नगरपालिकामा स्थायी बसोबास रहेका ६५ बर्ष माथिका जेष्ठ नागरीकहरुलाई निमोनियाबाट बचाउन भ्याक्सिन लगाइने छ ।
सेतो पुतलीबाट हुने अन्धोपनलाई शून्यमा झार्न महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका तथा नगर अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम कार्याक्रम संचालन गरिनेछ ।
बनेपा नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको मुख स्वास्थ्यको निःशुल्क जाँच तथा उपचार गरिनेछ ।
नगरपालिकाभित्र रहेका १५ वेड अस्पतालको हकमा २ वटा वेड र १५ वेड भन्दा माथिका अस्पतालको हकमा ४ वटा वेड विपन्न नागरिकहरुको निःशुल्क उपचारका लागि तयारी अवस्थामा राख्न सम्बन्धित अस्पतालसँग समन्वय गरिनेछ ।
बनेपा आधारभूत नगर अस्पतालमा एक्स–रे मेशिन खरिद तथा एक्सरे कक्ष निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
७० वर्ष माथिका जेष्ठ नागरीकहरुको एच. पाईलोरी निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
खानेपानीः
नगरबासीलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गरिनेछ ।
खानेपानी र सरसफाईका क्षेत्रमा दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ हासिल गर्न आवश्यक लगानी बृद्धि, सेवा दक्षता, प्रभावकारिता र सुशासन कायम गरिनेछ ।
प्राकृतिक विपदले प्रभावित काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना तथा अधुरा खानेपानी आयोजनाको निर्माण, मर्मत र संचालन गरी खानेपानी वितरणलाई प्रभावकारी बनाइने छ ।
बनेपा नगरपालिका अन्तर्गत रहेका खानेपानीका स्रोतहरूलाई एकीकृत खानेपानी प्रणालीमा आवद्ध गरी खानेपानी वितरणलाई प्रभावकारी बनाउन आवश्यक कानून तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका श्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रमहरू संचालन गरिनेछ ।
उपभोक्तालाई स्वच्छ र स्वस्थ खानेपानी वितरण गर्नका लागि चौमासिक रुपमा पानीको गुणस्तर परीक्षण गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।
बनेपा नगरपालिका अन्तर्गतका टोल विकास संस्था तथा विद्यालय मार्फत पानी सुद्धीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
प्राथमिकता र आवश्यकताका आधारमा खानेपानी आयोजना संचालन गरिनेछ ।
खानेपानीका मुहान संरक्षण तथा एकीकृत गरी “एक घर, एक धारा“ कार्यक्रमलाई निरन्तरता दिइने छ ।
साँस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धनः
नगर अन्तर्गतका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण गरिनेछ ।
चण्डेश्वरी, नाला भगवती, गोसाइँस्थान, धनेश्वर, महालक्ष्मी, करूणामाई, महादेव पोखरी, चामुण्डा जात्रा लगायत जात्रा पर्वहरूको संरक्षण एवम् सम्वर्द्धन गरिनेछ ।
प्राचीन नेवारी साँस्कृतिक पहिचान झल्किने गरी भवन निर्माण गर्न प्रस्ताव पेश भएमा नक्सा पास दस्तुर निःशुल्क हुने व्यवस्था मिलाइने छ ।
सार्वजनिक सम्पत्ति व्यवस्थापनः
नगरपालिकाको स्वामित्वमा रहेका जग्गा जमीन, भवन, सवारी साधन, फर्निचर, मेसिन औजार लगायतका सबै भौतिक सम्पत्तिलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (एब्ःक्) मा अभिलेखीकरण गरी व्यवस्थित गरिनेछ । साथै नगरपालिका मातहत रहेका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाको स्वामित्व वा उपयोगमा रहेका भवन तथा जग्गालाई समेत नक्शांकन गरी यस प्रणालीमा आवद्ध गर्दै लगिनेछ ।
नगरपालिकाले निर्माण गरेका सडक, पुल, बसपार्क, पार्क, उद्यान, चौतारो, ढल निकास, खानेपानी तथा सिंचाई संरचना, सार्वजनिक भवन लगायतका सार्वजनिक सम्पत्तिहरुको पनि पहिचान तथा नक्शांकन गरी सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेखीकरण गर्ने कार्यको थालनी गरिनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्तवका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, खुलाक्षेत्र, चोक, गल्ली, धार्मिक तथा साँस्कृतिक स्थल, पोखरी, तालतलैया, ढुंगेधारा, खोला तथा पानीका मुहान, इनार, कुवा, धारा, कुलो तथा नहर, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, ढल, नाला र सडकका दायाँ बायाँका रुख तथा नदी वा सार्वजनिक स्थानमा रहेको स्लेट, ढुंगा, गिट्टी, बालुवा एवं माटोजन्य बस्तु एवम् सार्वजनिक तथा ऐलानी जग्गामा रहेका काठ दाउरा, जराजुरी र सार्वजनिक, ऐलानी, पर्तिजग्गा एवं सीमसार क्षेत्र तथा राष्ट्रिय वन बाहेक आफ्नो क्षेत्राधिकार भित्रको अन्य वन क्षेत्रको नक्शांकन गरी संरक्षण र उपयोगमा जोड दिने नीति लिइनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतबाट आर्जन गर्न सकिने राजस्व संभावनाको समेत अध्ययन गरी उपयोगमा ल्याउने र यी सम्पत्तिहरुलाई पनि क्रमशः सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा आवद्ध गर्दै लगिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
सामुदायिक विकासः
नगरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने संघ संस्थाहरुको नियमन, अभिलेखीकरण तथा सञ्चालनको लागि निर्मित कानूनलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
विभिन्न उद्योग, कल कारखाना, संघ, संस्थाहरुमा आवश्यक पर्ने जनशक्ति व्यस्थापन गर्दा ती संस्थाले तोके बमोजिम काम गर्न सक्ने फरक क्षमता भएका नागरिकहरुलाई प्राथामिकता दिन सम्बन्धित सबै पक्षहरुसँग सहकार्य तथा समन्वय गरिनेछ ।
टोल विकास संस्थाः
बनेपा नगरपालिकाभित्र गठन हुने टोल विकास संस्थाहरूलाई सम्बन्धित टोलमा हुने विकासका कार्यमा सकृय सहभागिता गराइने छ ।
टोल विकास संस्थाका पदाधिकारीहरूको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई नगर स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कृत गरिनेछ ।
टोल विकास संस्थाहरूले गरेका राम्रा कार्यहरूलाई समेटी बुकलेट प्रकाशन गरिनेछ ।
टोलको विकास र विकासको अपनत्व लिनेगरी टोल विकास संस्थाहरूलाई श्रमदान गर्ने संस्कारको सुरूवात गरिनेछ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरणः
महिला विकासः
आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न उद्यमशीलताको विकास तथा स्वरोजगारमूलक सीप, तालिम तथा प्रशिक्षण कार्यक्रमहरू संचालन गरिनेछ ।
“हरेक विधामा महिलाहरुको सहभागिता“ भन्ने नारालाई सार्थक तुल्याउन समुदायदेखि नगरसम्म महिलाहरूको समानुपातिक समन्यायिक सहभागिताको नीति अवलम्वन गरिनेछ ।
निर्णय प्रकृयामा महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउन, प्राप्त अवसरहरूको समानुपातिक, समन्यायिक वितरण गर्न र रोजगारी बृद्धि गर्न विशेष कार्यक्रमहरू संचालन गरिनेछ ।
मानव बेचविखन र ओसारपसारमा शून्य सहनशीलताको नीति लिइने छ ।
लैंगिक हिंसा तथा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ ।
महिलामाथि हुने सवै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तरराष्ट्रिय महासन्धीहरूको कार्यान्वयन गरिनेछ ।
महिलासँग उप–प्रमुख कार्यक्रमलाई निरन्तरता दिइने छ ।
महिला सहकारी संस्थाहरुको सवलीकरण र सशक्तीकरणको लागि नेतृत्व विकास, लेखा व्यवस्थापन सम्वन्धी तालिम कार्यक्रमहरू संचालन गरिनेछ ।
जनप्रतिनिधि र कर्मचारीहरुको च्भाचभकजmभलत को लागि तनाव व्यवस्थापन तथा सकरात्मक सोच विकास सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
बालमैत्री स्थानीय शासन तथा बालअधिकारः
बालबालिकाको शारीरिक तथा मानसिक अवस्थाको विकास तथा संरक्षण गरिनेछ ।
सडक बालबालिकामुक्त नगर घोषणालाई सुनिश्चितता गर्दै फेला परेका सडक बालबालिकाका लागि सामाजिक पुनःस्थापनाको प्रबन्ध मिलाइने छ ।
बालबालिकामाथि हुने गालीगलौज, दुर्व्यवहार तथा हिंसात्मक गतिविधिहरू नियन्त्रणका लागि शून्य सहनशीलताको नीतिका सम्बन्धमा समुदायस्तरमा प्रभावकारी कार्यक्रम संचालन गरिनेछ ।
विद्यालय तथा समुदायस्तरमा बालक्लबहरूको गठन तथा पुनःगठन गरी उनीहरूको नेतृत्व तथा क्षमता विकास सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
बालअधिकारको पैरवी गर्ने संघसंस्थाहरूको सहकार्यमा अनाथ बालबालिका संरक्षण कार्यलाई निरन्तरता दिइने छ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
बालमैत्री संरचना निर्माणमा जोड दिइने छ ।
बालकोषको सदुपयोग गर्न कोष वृद्धि तथा परिचालन गरिनेछ ।
बालबालिका तथा किशोरीहरूको चौतर्फा विकासको लागि जीवनोपयोगी सीप विकास तालिम, आत्मरक्षा तालिम तथा सिर्जनात्मक कार्यक्रमहरू संचालन गरिनेछ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको लागि ५१ वटा सूचकमा आधारित कार्यक्रमहरू संचालन गरिनेछ ।
जेष्ठ नागरीकः
ज्येष्ठ नागरीकहरूलाई सम्मानपूर्वक जीवनयापनको प्रबन्ध मिलाइने छ ।
ज्येष्ठ नागरीकहरूको ज्ञान तथा अनुभवहरूको उपयोग तथा पुस्तान्तरणमा जोड दिइने छ ।
ज्येष्ठ नागरीक सेवा केन्द्र (बृद्धाश्रम) हरूको संरक्षण तथा विस्तार गरिनेछ ।
ज्येष्ठ नागरीकहरूको निःशुल्क स्वास्थ्योपचारको प्रबन्ध मिलाइने छ ।
ज्येष्ठ नागरीकहरूको अनुभव साटसाट गर्ने, फुर्सदको समय व्यतित गर्ने, विश्राम स्थल तथा भेटघाट स्थल निर्माण कार्यलाई निरन्तरता दिइने छ ।
नगरस्तरीय ज्येष्ठ नागरीक मञ्चको सचिवालय व्यवस्थापन गरिनेछ ।
जेष्ठ नागरीक तीर्थाटन र जेष्ठ नागरीक सम्मान कार्यक्रमहरूलाई निरन्तरता दिइने छ ।
अपाङ्गता भएका व्यक्तिः
अपाङ्गतामैत्री पूर्वाधार विकासमा जोड दिइने छ ।
नगर क्षेत्रभित्र रहेका आपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानपूर्वक जीवनयापनको प्रबन्ध मिलाइने छ ।
आपाङ्गता भएका व्यक्तिहरुमाथि गालीगलौज, दुरव्यवहार तथा हिंसात्मक गतिविधिहरू नियन्त्रणका लागि शून्य सहनशीलता नीतिका सम्बन्धमा समुदायस्तरमा प्रभावकारी कार्यक्रमहरू संचालन गरिनेछ ।
आपाङ्गता भएका व्यक्तिहरूको संरक्षणका लागि सरोकारवाला संघ संस्थाहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
अपाङ्गताको प्रकृति अनुसार उनीहरूले गर्न सक्ने कार्यको पहिचान गरी क्षमता अभिबृद्धिको लागि सीपमूलक तालिम कार्यक्रम संचालन गरिनेछ ।
अपाङ्गता भएका विद्यार्थीहरूले उत्पादन गरेका लघु उद्यमका सामग्रीहरूको विशेष कार्यक्रम आयोजना गरी बजारीकरण गरिनेछ ।
उत्पीडित, दलित तथा बञ्चितिमा परेका समुदायको उत्थानः
दलित, उत्पीडित तथा वञ्चितिमा परेका समुदायको क्षमता अभिवृद्धि गरी सेवामा पहुँच र आयआर्जन अभिवृद्धिका लागि मागमा आधारित विभिन्न कार्यक्रमहरू संचालन गरिनेछ ।
परम्परागत पेशलाई आधुनिकीकरण र व्यवसायीकरण गरी प्रतिस्पर्धात्मक बजारमा पहुँच विस्तार हुने वातावरण मिलाइने छ ।
नगर क्षेत्रभित्र रहेका दलित, उत्पीडित तथा वञ्चितिमा परेका वर्ग तथा समुदायको पुनःस्थापना गरिनेछ ।
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीक लगायत दलित जनजाति अल्पसंख्यक सीमान्तकृत समुदायको सामाजिक आर्थिक उत्थानका कार्यक्रम संचालन गरिनेछ ।
दलित समुदायका छात्रछात्राहरुको उच्चशिक्षामा पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति कार्यक्रम लागू गरिनेछ ।
सहयोगापेक्षी वेवारिसे तथा सडक मानवहरूको उद्धार तथा संरक्षणको कार्य गरिनेछ ।
दलित तथा गैरदलित समुदायका व्यक्तिहरूलाई संयुक्त रूपमा छुवाछूत विरूद्धका सचेतनामूलक कानूनी साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
आदिवासी जनजाति उत्थानः
स्थानीय भाषा तथा सँस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरिनेछ ।
आदिवासी जनजातिहरूको सीप विकास र क्षमता विकासमा जोड दिइने छ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
(ग) पूर्वाधार विकास
नेपालको दीर्घकालीन सोच, २१०० का आधारमा तर्जुमा गरिएको १६ औं योजना र दिगो विकास लक्ष्यहरूलाई नगरपालिकाका योजनाहरूमा आन्तिरिकीकरण गर्ने नीति लिइने छ ।
भौतिक पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी नीति अवम्बन गरिनेछ ।
१६ औं योजनाले लिएका गन्तव्य, सौंच, लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीतिलाई आत्मसात गरी योजना तथा कार्यक्रमहरू संचालन गरिनेछ ।
संघीय तथा प्रदेश सरकारबाट प्रस्तावित समपूरक अनुदानबाट संचालन हुने आयोजनाहरूमा लागत साझेदारी गर्ने नीति लिइने छ ।
सडक तथा पुलः
वातावरणमैत्री आधुनिक प्रविधियुक्त पूर्वाधार विकासमा जोड दिइने छ ।
पूर्वाधार विकासका कार्य गर्दा स्थानीय जलवायु अनुकूलन कार्ययोजना (ीब्एब्) को आधारमा गरिनेछ ।
नगरभित्रका मुख्य सडकहरू कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताकासाथ अघि बढाइने छ ।
पुण्यमाता लगायत नगरभित्रका नदी करिडोरहरू व्यवस्थित गरी डुवान जोखिम न्यूनीकरण गरिने प्रबन्ध मिलाइने छ ।
संघीय सरकारबाट अरनिको राजमार्ग स्तरोन्नतिका क्रममा साविकमा संचालित खानेपानी तथा ढल निकास प्रणालीलाई क्षति हुन नदिन तथा पुनःनिर्माण गर्न सरोकारवाल पक्षसँग आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।
नगर अन्तर्गत संचालित बसपार्कको पूर्वाधारमा सुधार गरी व्यवस्थित बनाइने छ ।
नगरभित्र अन्य आवश्यक स्थानमा पार्किङ स्थलको व्यवस्था मिलाइने छ ।
नगरभित्रका व्यस्त स्थानहरुमा आकाशेपुल निर्माण गर्न पहल गरिनेछ ।
छिमेकी पालिकाहरुसँगको सडक सञ्जाल विकास तथा विस्तार गर्न तत्तत् पालिकाहरूसँग समन्वय तथा सहकार्य गरिनेछ ।
ग्रामिण क्षेत्रहरुमा आवश्यक पूर्वाधारहरुको विस्तार गरी व्यबस्थित बस्ती विकासमा जोड दिइने छ ।
पुराना बस्तिभित्रका सडक स्तरोन्नति गर्दा ऐतिहासिक तथा पुरातात्विक मौलिकता झल्किने गरी निर्माण कार्य गरिनेछ ।
स्थानीय रूटका बसहरू बनेपा बसपार्कबाट सञ्चालन हुने व्यवस्था मिलाइने छ ।
पार्किङस्थल बाहेकका स्थानमा सवारी साधन पार्किङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
बनेपा नगरपालिकालाई प्रेसर हर्न निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयन गरिनेछ ।
भवन तथा सहरी विकासः
बनेपा नगरपालिका अन्तर्गत पूर्वीनर्मित भवनहरूको अभिलेखीकरण गरिनेछ ।
व्यवस्थित आवास तथा बस्ती विकासमा जोड दिइने छ ।
नगर विकास कोषसँगको साझेदारीमा नयाँ प्रशासनिक भवन निर्माणको कार्य अघि बढाइने छ ।
नगरभित्र भवन नक्सा पास प्रणालीलाई सफ्टवेयर प्रणालीमा आवद्ध गरी डिजिटल घर नम्बर राख्ने कार्य सुरु गरिनेछ ।
भवन निर्माण कार्य व्यवस्थित गर्न राष्ट्रिय भवन निर्माण संहिताको पूर्ण रुपमा पालना गरिनेछ ।
ऊर्जा प्रभावकारी जलवायु अनुकूलनमैत्री भवन डिजाइनलाई प्रोत्साहन गरिनेछ ।
नगरमा कार्यरत प्राविधिक कर्मचारी, दर्तावाल डिजाइनर तथा अन्य सम्बद्ध व्यवसायीहरूको क्षमता विकास सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
उपयुक्त क्षेत्रमा बस्ती विकासका गर्न जग्गा विकास (ीबलम एययष्लिन) कार्य संचालन गरिनेछ ।
नगरपालिका क्षेत्रभित्र माटो र जग्गा सम्याउने कार्यलाई करको दायरामा ल्याइने छ ।
विद्युतः
विद्युतीय प्रणालीलाई भूमिगत गर्ने कार्यको थालनी गरिनेछ ।
व्यवस्थित सडक बत्तीको जडान तथा विस्तार गरिनेछ ।
सार्वजनिक महत्वका स्थलहरूमा सौर्य उर्जाको प्रयोग तथा प्रचलनलाई प्राथमिकता दिइने छ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
(घ) वन, वातावरण तथा विपद् व्यवस्थापनः
वन तथा भू–संरक्षणः
सार्वजनिक जग्गाहरूमा फलफूल प्रजातिका विरुवालाई प्राथमिकता दिई वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
वनजंगलको संरक्षण तथा व्यवस्थापनमा सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरिनेछ ।
जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने कार्यक्रमहरू संचालन गरिनेछ ।
वन पैदावारको कुशलतम् उपयोग गर्ने नीति लिइने छ ।
नगर क्षेत्रभित्रका वनहरूमा उपलब्ध हुने जडिबुटी संरक्षण र दिगो उपयोगका लागि उचित प्रबन्ध मिलाइने छ ।
जलधार संरक्षणः
नगर क्षेत्रभित्र रहेका परम्परागत नदी, तलाउ, कुवा, ढुंगेधारा तथा पोखरीहरूको संरक्षण गरिनेछ ।
आवश्यक स्थानहरुमा रिचार्ज पोखरीहरू निर्माण गरिनेछ ।
पानीका श्रोतहरूको संरक्षण र दिगो उपयोगका लागि वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
जलस्रोतका मुहानहरूको संरक्षण तथा सफाई सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ ।
वातावरण संरक्षणः
नगरमा हरियाली प्रवद्र्धन गर्न सडक दायाँवायाँ बृक्षारोपणको कार्य गरिनेछ ।
वातावरणमा प्रतिकूल असर पार्न सक्ने योजनाहरु संचालन गर्दा क्ष्भ्भ् र भ्क्ष्ब् गराउनु पर्ने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।
स्थानीय जलवायु अनुकुलन कार्ययोजना (ीयअब िब्मबउतबतष्यल एबिल या ब्अतष्यल) को प्रभावकारी कार्यान्वयन गरिनेछ ।
प्राकृतिक सम्पदाको दिगो व्यवस्थापन गर्ने तथा हरियाली अभिवृद्धि गर्ने कार्यक्रमहरू संचालन गरिनेछ ।
जलवायु संरक्षणः
हरियाली (न्चभभलभचथ) तथा जलवायुमैत्री नगर निर्माणमा जोड दिइने छ ।
कृषि प्रणालीमा रासायनिक विषादीको सट्टा जैविक विषादी र रासायनिक मलको सट्टा जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
तोकिएको मापदण्ड भन्दा कम माईक्रोनका प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइने छ ।
भू–उपयोग योजना तथा जलवायु परिवर्तनको असरलाई थेग्न सक्ने भौतिक पूर्वाधारको विकास निर्माण सम्बन्धी नीति लिइने छ ।
कार्बन उत्सर्जन हुने क्रियाकलाप घटाउन आवश्यक सचेतनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
जलवायु परिवर्तनका कारणबाट मानव स्वास्थ्यमा देखापर्ने नकरात्मक प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्ने कार्यक्रमहरू संचालन गरिनेछ ।
जल उत्पन्न प्रकोप नियन्त्रणः
बनेपा नगर क्षेत्रभित्रका नदीहरुमा बर्षाको समयमा आउने बाढीका कारण हुने डुबान तथा नदी कटान नियन्त्रणका लागि नदी गहिर्याउने तथा तटबन्ध निर्माण जस्ता कार्यलाई निरन्तरता दिइने छ ।
उच्च धरातलीय क्षेत्रमा हुने विकास निर्माण तथा स्वीकृत क्षेत्रमा जग्गा विकास जस्ता कार्यक्रम संचालन गर्दा भू–क्षय न्युनीकरण हुने उपाय अवलम्बन गर्न आवश्यक मापदण्ड बनाइने छ ।
आगलागी, बाढीपहिरो जस्ता प्रकोपबाट प्रभावित नगरबासीहरूको तत्काल राहत, उद्दार तथा पुनःस्थापनाका लागि सरोकारवाला पक्षहरूसँग आवश्यक सहकार्य गरिनेछ ।
विपद् व्यवस्थापनः
विपद् व्यवस्थापनको लागि सक्षम कोषको सुनिश्चितता गरिनेछ ।
विपद् उद्धार प्रतिकार्य तालिमलाई निरन्तरता दिइने छ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
नगर तथा वडास्तरमा विपद् उद्धार तथा प्रतिकार्यका लागि विपद् सूचक समूह गठन गरी परिचालन गरिनेछ ।
विपद् उद्धार तथा राहत वितरणका लागि आवश्यक पर्ने न्यूनतम सामाग्रीहरूको जोहो गरिनेछ ।
नगर क्षेत्रभित्रका बनजङ्गलमा हुने आगलागी नियन्त्रणका लागि अग्नि रेखा निर्माण र विभिन्न जलसञ्चिती पोखरीहरू निर्माण गरिनेछ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय जलवायु अनुकूलन कार्य योजना (ीब्एब्) को कार्यान्वयन गरिनेछ ।
नगर क्षेत्रभित्र हुने नदी कटान तथा डुवानको आँकलन गरी रोकथामका लागि आवश्यक कार्यहरु गरिनेछ ।
अतिवृष्टि र अनावृष्टिका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
चट्याङका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि भवन नक्सापास प्रक्रियामै चट्याङ प्रतिरोधी प्रणाली जडानको नीति लिइने छ ।
नगर क्षेत्रभित्र हुने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
विपदबाट प्रभावित जनताको उद्दार र पुनस्र्थापनाका लागि खुला क्षेत्रको पहिचान गरी व्यवस्थापन गरिनेछ ।
भूमि व्यवस्थापनः
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न संघीय सरकार तथा भूमि समस्या समाधान आयोगसँग आवश्यक समन्वय र सहकार्यमा सम्बन्धित लाभग्राहीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिनेछ ।
भूमि सम्बन्धी डिजिटल अभिलेख व्यवस्थित गरिनेछ ।
वारुणयन्त्र संचालनः
बारुण यन्त्रको नियमित सञ्चालनका लागि छिमेकी पालिकाहरू तथा सम्बन्धित सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
आगलागीको समयमा अग्नि नियन्त्रण तथा धनजनको सुरक्षामा परिचालनका लागि मौजुदा जनशक्ति मध्येबाट आवश्यक जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
नगर सरसफाई तथा फोहोरमैला व्यवस्थापनः
नगरपालिका, वडा कार्यालयहरू, स्वास्थ्य सेवा केन्द्रहरू, विद्यालयहरू र टोल विकास संस्थाहरूवीचको समन्वय र सहकार्यमा नगर सरसफाई अभियान कार्यक्रम संचालन गरिनेछ ।
बनेपा नगरपालिका अन्तर्गत सघन बस्तीहरू रहेको क्षेत्र, विद्यालय क्षेत्र, बसपार्क, स्वास्थ्य सेवा केन्द्र र हाटबजार लगायत सार्वजनिक स्थलहरूमा आवश्यक डस्टवीनहरू राख्ने प्रबन्ध मिलाईने छ ।
“बनेपा नगर, सफा शहर“ भन्ने आदर्श वाक्यका साथ सरसफाई अभियान संचालन गरिनेछ ।
सार्वजनिक स्थानमा फोहोर निस्कासन कार्यको अनुगमन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही हुने व्यवस्था मिलाइने छ ।
जैविक र अजैविक फोहोर घरघरमै वर्गीकरण गर्नुपर्ने कार्यलाई कडाइकासाथ कार्यान्वयन गरिनेछ ।
प्रत्येक वडामा आधुनिक प्रविधिको फोहोरमैला संकलन, प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरी संचालन गरिनेछ ।
ढल तथा लेदोजन्य फोहोर व्यवस्थापनको लागि आवश्यक कानून तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
अस्पताल, कलकारखाना तथा उद्योगहरूबाट निष्काशन हुने फोहोरमैला तथा रासायनिक पदार्थ व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई नै जिम्मेवार बनाउने नीति लिइने छ ।
उपयुक्त बैकल्पिक व्यवस्था नभएसम्म नगर क्षेत्रभित्रका घर पसलबाट निस्कने फोहोरको संकलन र व्यवस्थापनको कार्य निजी क्षेत्र मार्फत सञ्चालनको प्रावधानलाई निरन्तरता दिइने छ ।
आवश्यकताको पहिचान गरी सार्वजनिक शौचालयहरु निर्माण गरिनेछ ।
हाल यस नगरको फोहोरमैला सिसडोलमा लगी व्यवस्थापन गरीदै आएकोमा नगरभित्रकै वैकल्पिक स्थानहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
ङ) संस्थागत विकास तथा सुशासन
सामान्य सेवा व्यवस्थापनः
स्थानीय तह संस्थागत क्षमता स्वः मूल्याङ्कनलाई नगरपालिकाको सेवा प्रवाहको मापदण्ड बनाइने छ ।
सामाजिक परिचालनका लागि काम गर्ने सम्पूर्ण निकायहरूको सामाजिक परिचालनको बजेट एकै बास्केटमा राखी कार्यान्वयनमा एकरूपता कायम गर्न पहल गरिनेछ ।
नगरपालिका क्षेत्रमा भएका सार्वजनिक सम्पत्ति भूमी र स्रोतको पहिचान गरी उपयुक्त तवरले परिचालन र सदुपयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका गुठीले चर्चेका जग्गाहरूको अभिलेखीकरण गरी मोही कायम नभएका गुठीका जग्गाहरूको आवश्यकता अनुसार भोगचलनको व्यवस्था मिलाइने छ ।
गैरसरकारी संस्थाहरूसँगको समन्वय र सहकार्यलाई अघि बढाउन नगरपालिकामा गैरसरकारी सम्पर्क डेक्सको व्यवस्था गरिनेछ ।
संस्थागत क्षमता विकासः
कर्मचारीहरूमा व्यवसायिक निपूर्णता ल्याउन कार्यसम्पादन करार, कार्याववरण, कार्यसम्पादन मूल्याङ्कन तथा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि उपयुक्त तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको उत्प्रेरणा र मनोरञ्जनका लागि आवश्यक अवलोकन, भ्रमण तथा वनभोज कार्यक्रम आयोजना गरिनेछ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता विकासका लागि आन्तरिक तथा वैदेशिक अवलोकन भ्रमणका कार्यक्रममा सहभागिताका लागि आवश्यक प्रबन्ध मिलाइने छ ।
उत्कृष्ट कर्मचारी छनौट गरी पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
गैरसरकारी संस्थाहरूः
गैरसरकारी संस्थाहरूको सूची दर्ता गरी संस्थाहरूको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाइने छ ।
गैससबाट सम्पादित कार्यहरूलाई लाभग्राहीहरूले प्राप्त गर्ने लाभ र त्यसको प्रभावका आधारमा वितरणमूखी, अल्पकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गरी कार्यक्रमहरु संचालन गरिनेछ ।
नगरपालिका वा वडा कार्यालयसँग समन्वय नगरी कार्यक्रम संचालन गर्ने गैरसरकारी संस्थाका कार्यक्रमहरूलाई नियमन गरिनेछ । गैरसरकारी संस्थाका कार्यक्रमहरूलाई समेत समेटी योजना तथा कार्यक्रमहरु संचालन गरिनेछ ।
कानून तथा न्यायिक समितिः
न्यायिक समितिबाट सम्पादन हुने कार्यहरूलाई सरल, सहज र प्रभावकारी बनाइने छ ।
न्यायिक निरूपणमा मेलमिलापलाई प्राथमिकता दिइने छ ।
कानून शाखा, न्यायिक समिति र मेलमिलापकेन्द्रहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन कानूनी साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
न्यायिक कार्यसम्पादनको असल अभ्यासको अनुशरण गर्न अवलोकन भ्रमणको व्यवस्था मिलाइने छ ।
कानूनी सहायता कोषलाई सशक्त रुपमा कार्यान्वयन गरिनेछ ।
मेलमिलापकर्ताहरुको लागि आधारभूत तालिम तथा पुनर्ताजगी तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
बार एशोसिएसन काभ्रेपलाञ्चोकसँग समन्वय र सहकार्य गरी नागरीकलाई न्यायिक समितिको क्षेत्राधिकार र कानूनी साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
न्यायिक समितिको सफ्टवेयर प्रणाली व्यवस्थित रूपमा संचालन गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
राजस्व परिचालनः
स्थानीय सर्जचत कोष व्यवस्थापन प्रणालीमा (क्ग्द्य–ल्ब्त्क्ष्इल्ब्ी त्च्भ्ब्क्ग्च्थ् च्भ्न्ग्ीब्त्इच्थ् ब्एएीक्ष्ऋब्त्क्ष्इल् (क्ग्त्च्ब्) राजस्व मोड्युल र बैंक इन्टरफेस (च्भ्ख्भ्ल्ग्भ् ःइम्ग्ीभ् ब्ल्म् द्यब्ल्प् क्ष्ल्त्भ्च्ँब्ऋभ्) पूर्णरुपमा लागू गरिनेछ ।
उपभोक्ता समिति गठन कार्यावधि अनुसार योजनाहरुमा उपभोक्ता समितिले व्यहोर्नु पर्ने लागत सहभागिताको रकम नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गरेपछि मात्र योजनाहरु सम्झौता गर्ने व्यवस्था मिलाइने छ ।
नगरपालिकाभित्र संचालनमा आउने उद्योग, व्यवसाय, व्यापार वा सेवामा व्यवसायको प्रकृति, पूँजी, लगानी र आर्थिक कारोबारका आधारमा प्रगतिशील करको सिद्धान्त अनुरुप कर लगाइने छ ।
राजस्व परिचालनलाई प्रभावकारी बनाउनको लागि करको दरमा न्यूनीकरण तथा करको दायरामा वृद्धि गर्ने उद्देश्यले आ.व. २०८० ।०८१ मा तर्जुमा गरिएको त्रिवर्षीय राजस्व सुधार कार्ययोजना (च्भखभलगभ क्ष्mउचयखझभलत ब्अतष्यल एबिल, च्क्ष्ब्ए) को कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
करदाताहरूले स्वतःस्फूर्त कर तिर्नुपर्छ भन्ने चेतना विकास गर्न आवश्यक सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ ।
स्थानीय तहका अधिकार क्षेत्रभित्र पर्ने आन्तरिक श्रोतका क्षेत्रहरू पहिचान गरी करका दर तथा दायरा बढाउने नीति लिइने छ ।
नगरवासी तथा करदाताहरूलाई कर तथा गैरकरका सम्बन्धमा सुसूचित गर्न, कर सम्बन्धी अभिलेख अध्यावधिक गर्न, करदाताहरूलाई करको दायरामा ल्याउन तथा कर सम्बन्धी दण्ड, जरिवाना तथा सहुलियतका बारेमा जानकारी गराउन करदाता शिक्षा तथा घुम्ती कर शिविरहरू सञ्चालन गरिनेछ ।
बजार सर्भेक्षण कार्यलाई निरन्तरता दिई राजस्व सम्बन्धी अनुगमन कार्यमा तीव्रता दिइनेछ साथै कर सम्बन्धी गुनासा तथा उजुरीहरू तत्काल फछ्र्यौट गर्ने व्यवस्था मिलाइने छ ।
नगरपालिका क्षेत्रभित्र व्यवसायिक प्रयोजनका लागि भूमिको स्वरुप परिवर्तन गर्ने, जग्गा सम्याउने, माटो निकासी तथा बिक्री वितरण गर्ने कार्यलाई प्रशासकीय नियमन गरी राजस्वको दायरामा ल्याइनेछ । सो सन्दर्भमा व्यक्तिगत प्रयोजनका लागि घर निर्माण गर्न नक्सापास गर्न आएमा अधिकतम एक रोपनीसम्मको क्षेत्रफलमा छुटको व्यवस्था गरिनेछ ।
राजस्व परामर्श समितिका पदाधिकारीहरू तथा राजस्व प्रशासनमा संलग्न कर्मचारीहरूको सीप, क्षमता तथा प्राविधिक ज्ञान अभिवृद्धिका लागि क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
करदातालाई अनलाईन प्रणालीका माध्यमबाट कर भुक्तानी गर्ने प्रणालीको विकास गरी राजस्व प्रशासनलाई क्रमशः विद्युतीय माध्यममा रुपान्तरण गर्दै लैजाने व्यवस्था मिलाइने छ ।
राजस्व शाखालाई थप व्यवस्थित र क्रियाशील बनाउन पुनः संरचना गरीनुका साथै तालिम र प्रोत्साहनको व्यवस्था गरिनेछ । हरेक आर्थिक वर्षमा उत्कृष्ट करदाता घोषणा गरी पुरस्कृत गरिनेछ ।
करदाताले चालू आर्थिक वर्षको वार्षिक व्यवसाय कर, भूमि तथा मालपोत कर लगायतका करहरू समयमा बुझाएमा छुट सुविधा दिइने नीतिलाई निरन्तरता दिइने छ ।
महिला र अपाङ्गता भएका व्यक्तिहरूले संचालन गर्ने व्यवसायलाई प्रोत्साहनका लागि व्यवसाय करमा छुट दिने व्यवस्था मिलाइने छ ।
व्यक्तिगत प्रयोजनका लागि आवस तथा भवन निर्माण गर्ने “क“ वर्ग अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक ऐन बमोजिम नक्सपास दस्तुर मिनाह गरिनेछ ।
टेण्डर प्रक्रियाबाट आय ठेक्का लगाउँदा सम्पूर्ण ठेक्का रकम अग्रिम भुक्तानी गरेमा सम्झौता रकमको निश्चित प्रतिशत रकम छुट सुविधा दिने व्यवस्था मिलाइने छ ।
नगरकोट टावर क्षेत्रमा रहेका पसल तथा टहराहरूलाई व्यवस्थित गरी करको दायरमा ल्याइने छ ।
जग्गाको मूल्यांकन प्रणाली वस्तुनिष्ट एवम् तथ्यमा आधारित नभएको कारण नगरपालिकाले लगाउँदै आएको सम्पत्ति कर तथा भूमीकर (मालपोत) बापत संकलन हुने राजस्व समेत न्यून हुने गरेको र करदातामैत्री समेत हुन नसकेको हुँदा आगामी वर्षदेखि जग्गाको न्यूनतम मूल्यांकनलाई आधारयोग्य, विश्वसनीय र बजार मूल्यको निकटवर्ती बनाउन मूल्यांकनका वस्तुगत आधार र सूचकहरू पहिचान गरी सोही आधारमा जग्गाको न्यूनतम मूल्यांकन गर्ने विधि अवलम्वन गरी सम्पत्रि कर प्रशासनलाई थप प्रभावकारी बनाइनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
वित्तीय व्यवस्थाः
सार्वजनिक खरिद प्रकृयामा वित्तीय अनुशासन कायम गरिनेछ ।
नगरपालिकाले अगाडि सारेका योजना तथा कार्यक्रमहरूको आवश्यकता, औचित्य र प्राप्त हुने लाभको विश्लेषणका आधारमा श्रोत व्यवस्थापनका लागि कानून बमोजिम ऋण लिन सकिने निकायबाट ऋण लिई स्रोतको व्यवस्थापन गर्ने नीति लिइने छ ।
नगरपालिकाको दायित्व अन्तर्गत विभिन्न निकायबाट लिइएको ऋणको साँवा व्याज भुक्तानीका लागि उपलब्ध श्रोतका आधारमा आवश्यक रकम विनियोजन गरिनेछ ।
वित्तीय जोखिम न्यूनीकरणः
सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूमा हुन सक्ने वित्तीय जोखिम न्यूनीकरणका लागि वित्तीय जोखिम न्यूनीकरण कार्ययोजना (ँच्च्ब्ए) को प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने छ ।
खरिद गुरुयोजना र वार्षिक खरिद योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
सूचना प्रविधिः
डिजिटल पालिका निर्माणका लागि उपयुक्त प्रविधि व्यवस्थापन तथा संचालन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
नगरपालिकाबाट प्रवाह हुने सेवाहरू प्रविधिमैत्री बनाउदै लगिनेछ । कागजको न्यून प्रयोगबाट सेवा प्रवाहका लागि उपयुक्त प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै कागजको न्यून प्रयोग गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
नगरपालिका क्षेत्रभित्रका सबै स्थानमा टेलिफोन, इन्टरनेट लगायतका संचारको पहुँच विस्तारका लागि सम्बन्धित सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी सुदृढ सेवा विस्तार गरिनेछ ।
नगरपालिकाका गतिविधिलाई रेडियो, पत्रपत्रिका, बुलेटिन, वेवसाइट तथा सामाजिक सञ्जाल मार्फत प्रकाशन र अध्यावधिक गरिनेछ ।
नगर क्षेत्रभित्रका आवश्यक र उपयुक्त स्थानमा निःशुल्क वाइफाई जडानको व्यवस्था मिलाइने छ ।
नगरपालिका क्षेत्रभित्र आवश्यकता अनुसार सी.सी. क्यामेराहरू अद्यावधिक गरी सञ्चालन हुने व्यवस्था मिलाइने छ ।
वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा कार्यरत कर्मचारीहरुको दैनिक हाजिरी प्रणालीलाई नेपाल सरकारले सञ्चालनमा ल्याएको विद्युतीय हाजिरी प्रणालीमा आवद्ध गरी नियमित व्यवस्थित गरिनेछ ।
विद्युतीय हाजिरीलाई व्यवस्थित गर्न नियमित पावर व्याकप सप्लाइको व्ययवस्थापन गरी रजिष्टर हाजिरीलाई क्रमशः हटाउँदै लगिने छ ।
सबै वडामा त्तच् मार्फत राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
सार्वजनिक सुनुवाईः
प्रचलित कानून बमोजिम सार्वजनिक सुनुवाईका कार्यक्रमहरू आयोजना गरी उठेका सवालहरूको उचित सम्बोधन गरिनेछ ।
सामाजिक परीक्षणः
उपभोक्ता समिति तथा निर्माण व्यवसायीबाट सम्पादन हुने विकास निर्माणको कार्यको प्रभावकारी रूपमा सार्वजनिक परीक्षण गर्ने परिपाटीलाई अनिवार्य गरिनेछ ।
नगरपालिकाको वार्षिक रूपमा लेखा परीक्षण, सामाजिक परीक्षण, लैंगिक तथा सामाजिक समावेशीकरण परीक्षण कार्यहरू सञ्चालन गरिनेछ ।
पञ्जीकरण व्यवस्थापनः
व्यक्तिगत घटनादर्ताका कार्यहरू डिजिटल प्रणालीमार्फत गरिनेछ ।
पञ्जीकरण सम्बन्धी कानूनी साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
घटनादर्ता प्रणालीमा राष्ट्रय परिचयपत्रलाई अन्तरआवद्ध गरिनेछ ।
वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम
सामाजिक सुरक्षा तथा संरक्षणः
आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरीकलाई सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई नेपाल सरकारको नीति अनुरूप राष्ट्रय परिचयपत्रमा अन्तरआवद्धता गर्न बायोमेट्रिक भेरिफिकेशनको कार्य गरिनेछ ।
सुशासन प्रवद्र्धनः
नगरपालिकाको सेवा प्रवाहका सम्बन्धमा नागरीकहरूले गुनासो तथा उजुरी गर्न सक्ने संयन्त्रको विकास गरिनेछ ।
नगरपालिका तथा अन्तर्गतका कार्यालयहरूमा रहेका सुझाव पेटिकाहरूमा प्राप्त असल सुझावहरूलाई क्रमशः कार्यान्वयन गरिनेछ ।
सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउन शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
सेवा प्रवाहको सिलसिलमा सेवाग्राहीहरूसँग अनुचित लाभ लिएमा वा लिने प्रयास भएमा कानून बमोजिम कारवाही गरिनेछ ।
सामाजिक संजालको प्रयोग गरी समाजिक सद्भाव भड्काउने, गालीगलौज गर्ने, भ्रामक सन्देश प्रचारप्रसार गर्ने जस्ता कार्य गर्नेलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने नीति लिइने छ ।
अनुसन्धान तथा विकासः
नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह तथा सञ्चालन गरिने विकास निर्माणका कार्यक्रमहरूमा आधुनिक प्रविधि तथा सफल विकास मोडेलको उच्चतम प्रयोगलाई प्राथमिकता दिइने छ ।
नगरबासीको आर्थिक तथा सामाजिक विकासका लागि सञ्चालन गर्न सकिने कार्यक्रमहरूको पहिचान र कार्यान्वयन ढाँचाका सम्बन्धमा आधुनिक त्भअजलययिनथ को प्रयोग गरिनेछ ।
सेवा प्रवाहमा नवीनतम प्रणालीलाई आत्मसाथ गरिनेछ ।
बेरुजु फस्र्यौटः
बेरुजु फस्र्योटमा शून्य सहनशीलताको नीति लिइने छ ।
वित्तीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार बनाई खर्च गर्ने प्रणालीको विकास गरिनेछ ।
हालसम्म कायम रहेको बेरुजु फसैंका लागि आवश्यक कार्यावधि बनाई कार्यान्वयन गरिनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धः
पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकसँगको भगिनी सम्बन्धलाई प्रगाढ बनाउन आवश्यक कार्यक्रमहरू संचालन गरिनेछ ।
बनेपाको भगिनी सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको तिब्बत स्वायत्र क्षेत्र स्थित सिगात्से नगरपालिकासँगको सम्बन्धलाई थप मजबुत, प्रगाढ एवं जनोपयोगी बनाइने छ ।
बनेपा नगरपालिकासँग मिल्दा र ईच्छुक मित्र राष्ट्रका नगरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्न कानून निर्माण लगायतका आधारभूत प्रवन्ध मिलाइनुका साथै बनेपा नगरपालिकाको समुन्नतिका लागि अन्तर्राष्ट्रिय ज्ञान, सीप तथा अनुभव हासिल गर्न मित्रराष्ट्रहरूका विभिन्न नगरहरूको अवलोकन भ्रमण कार्यक्रमको लागि पहल गरिनेछ ।
अन्त्यमा, नगरमा कृयाशील सबै राजनीतिक दल, कर्मचारी तथा सुरक्षाकर्मी, बुद्धिजिवी, मजदुर, किसान, उद्योग व्यवसायी, बैंक तथा वित्तीय क्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्र, नागरीक समाज, संचारकर्मी लगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगरको विकास र समृद्धिमा यहाँहरूको आगामी दिनहरूमा पनि साथ, सहयोग र समर्थन प्राप्त भइरहने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद !!!

November 4, 2025, Jyotishsanchar press