Rasifal 3
बनेपा । २०८२ साल कार्तिक १९ गते बुधबार, तदनुसार ५ नोभेम्बर २०२५ । पूर्णिमा तिथी ३२ घडी २८ पला प्रतिपदा तिथी प्रारम्भ हुनेछ । अस्विनी नक्षत्र १० घडी १२ पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग भर करण आज बिहान सूर्योदय ६:१८ मा भयो भने सूर्यास्त साँझ ५:१५ मा हुनेछ। आज बुधबार चन्द्रमा मेष राशिमा
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास आउनेछ। आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
वृष राशि
आफन्तमा बहिरभाव आउनेछ । पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। दाजुभाइमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आयमा कमी आउनेछ।
मिथुन राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । पारिवारिक सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनाले सबैको विश्वास जित्न सकिनेछ।
कर्कट राशि
बोलीमा कठोरता आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। परिवारमा अनावश्यकरुपमा झैझगडाको सामना गर्नुपर्नेछ। धार्मिक कार्यमा बाधा आउने देखिन्छ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्नेछ। मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्दा मानसिक तनाव बढेर जानेछ।
कन्या राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा मिठास छाउने छ।
तुला राशी
बोलीको प्रभाव बढेर जानेछ। स्वास्थ्यमा सुधार हुने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त हुनुका साथै लामो दुरीको यात्राको अवसर प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ। गरिरहेको काममा ढिलासुस्ती भएर जाने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। आर्थिक क्षेत्रमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । अनावश्यकरुपमा खर्चको मात्रा बढेर जानेछ। पारिवारिक कलह बढेर जानेछ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । लेखनशैलीमा बृद्धि भएर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले काममा थप लगानी बढाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।
कुम्भ राशि
आकस्मिक धनलाभ मिल्नेछ । फसेको धन पारिवारिक सरसहयोगले उठ्न सक्ने सम्भावना बढेर गएको छ । जग्गा जमिनबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोग पाइने योग छ।
मीन राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । पठनपाठनमा कमी आउनेछ। सञ्चित धनको नाश हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

November 5, 2025, Jyotishsanchar press