Rasifal 3
बनेपा । २०८२ साल कार्तिक २२ गते शनिबार तदनुसार ८ नोभेम्बर २०२५ । तृतीया तिथी १४ घडी ४१ पला चतुर्थी तिथी प्रारम्भ हुनेछ । मृगशिरा नक्षत्र ५३ घडी ५८ पला उप्रान्त आरद्रा नक्षत्र प्रारम्भ हुनेछ । शिव योग बयब करण आज बिहान सूर्योदय ६:२० मा भयो भने सूर्यास्त साँझ ५:१३ मा हुनेछ। आज शनिबार चन्द्रमा बृष राशिमा ।
मेष राशि
बोलीमा कठोरता आउनेछ । शारीरिक आलस्यता बढेर जानेछ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने योग छ।
वृष राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिने योग छ। सौन्दर्यतामा मनजाने देखिन्छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
मिथुन राशि
सामाजिक काममा बाधा आउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। विश्वास गरेका आफन्तबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
आयमा वृद्धि भएर जानेछ । दाजुभाइको सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ। पर्यटकीय स्थलको भ्रमण गरिनुले मनमा खुसी छाउने छ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । सामाजिक काममा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।
कन्या राशि
झुटा आरोपको सामना गर्नु पर्ने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा बाधा आउने योग छ। सजग रहनुहोला ।
तुला राशि
पराक्रममा वृद्धि भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ । शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । प्रेम गर्ने अवसर पाइनेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ। आयमा वृद्धि भए कार्यमा प्रगति भएर जानाले मनमा उत्साह बढेर जानेछ। प्रेमी प्रेमिकाबीच माधुर्यता छाउने छ। आकस्मिकरुपमा नयाँ कार्यको थालनी हुने योग छ।
धनु राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। आफन्तबाट पाइएको कष्टताले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
शारीरिक अस्वस्थता बढेर जाने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। आर्थिक समस्याले सताउनाले मनमा चिन्ता बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
कुम्भ राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा माधुर्यता छाउने छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
मीन राशि
पराक्रममा वृद्धि भएर जानेछ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने योग छ। बाेलीमा आएको माधुर्यताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।

November 8, 2025, Jyotishsanchar press