काभ्रेपलाञ्चोक। बनेपामा बिहीबारदेखि शुरु भएकाे परम्परागत–ऐतिहासिक तथा धार्मिक महत्व बाेकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच सकिएकाे छ ।
यससँगै देवगणहरुकाे विदाई पनि गरिएकाे छ । नगरप्रमुख शान्तिरत्न शाक्यलगायत जात्रा व्यवस्थापन समितिका सदस्यहरुले आज उनीहरुकाे विदाई गरिएकाे हाे ।
प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शनिबारसम्म सञ्चालन भएकाे थियाे । जात्रा व्यवस्थापन समितिका अनुसार भक्तपुरबाट विधिवतरूपमा बनेपामा देवीको प्रस्थान गराई बिहीबार दिउँसो बनेपाको लायकु गणेशस्थानमा ल्याइएकाे थियाे ।
परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिएकाे समितिका संयोजक एवं वडानम्बर ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयाे । उहाँका अनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइ बिहीबार मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरिएकाे थियाे ।

November 8, 2025, Jyotishsanchar press