Whatsapp Image 2025 11 08 At 18.36.45
बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर–४ नालाबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
नालामा रहेको पिकनिकस्थलमा कौडा (जुवा) खेल्ने, खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले उनीहरुलाई नगद २ लाख ३८ हजार २१५ र १६ थान कौडासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
उनीहरुलाई शनिबार दिउँसो तीन बजे प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

November 8, 2025, Jyotishsanchar press