Rasifal 2
बनेपा । २०८२ साल कार्तिक २३ गते आइतबार तदनुसार ९ नोभेम्बर २०२५ । चतुर्थी तिथी ९ घडी १२ पला पञ्चमी तिथी प्रारम्भ हुनेछ। आरद्रा नक्षत्र ५० घडी ३७ पला उप्रान्त पुनर्बशु नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग कौलव करण आज बिहान सूर्योदय ६:२१ मा भयो भने सूर्यास्त साँझ ५:१३ मा हुनेछ। आज आइतबार चन्द्रमा मिथुन राशिमा
मेष राशि
मानसम्मान पाइने योग छ। आयआर्जनमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोग पाइने योग छ। बोलीमा मिठास छाउनेछ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
वृष राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। अरुले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। पारिवारिक कलह बढेर जानेछ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउनेछ पूरा कामहरू पूरा भएर जानेछन् । स्वास्थ्यमा सुधार भएर जाने योग छ। सामाजिक काममा समय व्यतीत हुनेछ।
कर्कट राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। जग्गा जमिनसम्बन्धी विवाद बढेर जानेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजायँ भोग्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
सिंह राशि
पराक्रम बढेर जानेछ। आर्थिक क्षेत्र सुधारका लागि नयाँ बाटाहरू भेटिनेछन् । सामाजिक उत्तरदायित्व बढेर जानेछ। बोलीको प्रभाव र काममा भएको सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
कन्या राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। पारिवारिक कलहसमेत बढेर जाने देखिन्छ ।
तुला राशि
पठनपाठनमा बाधा आउनेछ। लामो समयदेखि गर्दै आएको काममा बाधा आउनेछ । पारिवारिकरूपमा विवाद बढेर जानेछ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। धनमाल जोडिने देखिन्छ।
धनु राशि
सौन्दर्यतामा मन जानेछ। विपरीतलिङ्गीबाट राम्रै फाइदा लिन सकिनेछ। पठनपाठनमा प्राप्त सफलताले मनमा उत्साह बढेर जानेछ । आफन्तको सहयोग मिल्नेछ। भोजभतेरमा सहभागी भइनेछ।
मकर राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्नेछ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। स्थान परिवर्तनको योग छ। दाम्पत्य जीवनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
कुम्भ राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत गर्न सक्ने सम्भावना छ। आर्थिक समस्याले सताउनाले मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । धनलाभ मिल्ने देखिन्छ । मिष्ठान भोजनको अवसर प्राप्त हुने योग छ।

November 9, 2025, Jyotishsanchar press