काठमाडौँ । भारतको नयाँ दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा मेट्रो स्टेशन नजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनिषकुमार झाका अनुसार ३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।
प्रहरीले विस्फोटको कारणको बारे अनुसन्धान शुरु गरेको जनाएको छ।

November 11, 2025, Jyotishsanchar press

