Rasifal 3
काठमाडाैं । २०८२ साल कार्तिक २७ गते बिहीबार तदनुसार १३ नोभेम्बर २०२५ । नवमी तिथी ५३ घडी २५ पला दशमी तिथी प्रारम्भ हुनेछ । मघा नक्षत्र ४५ घडी ३३ पला उप्रान्त पूर्व फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । ब्रम्ह योग तैतिल करण आज बिहान सूर्योदय ६:२४ मा भयो भने सूर्यास्त साँझ ५:११ मा हुनेछ। आज बिहीबार चन्द्रमा सिंह राशिमा
मेष राशि
व्यापार व्यवसायमा घाटा भएर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पारिवारिक मतभेद बढेर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
पारिवारिक सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
मिथुन राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा माधुर्यता छाउनेछ। बोलीको प्रभाव बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानाले मनमा खुसी छाउनेछ।
कर्कट राशि
साझेदारी काममा बाधा आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। जग्गा जमिनसम्बन्धी काममा वादविवादको सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।
सिंह राशि
पारिवारिक कलह बढेर जानेछ। स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। पठनपाठनमा असफलता प्राप्त हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। सजग रहनुहोला।
कन्या राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। झुठा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन्।
तुला राशि
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएकाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। राजनीति क्षेत्रमा वादविवादको सामना गर्नुपर्नेछ।
धनु राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ । गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ। पारिवारिक स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने देखिन्छ।
मकर राशि
अधुरा काम पूरा भएर जानेछन्। अपरिचित व्यक्तिको सहयोगले फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। बोलीमा आएको मिठासले सबैको प्यारो बनिने योग छ।
कुम्भ राशि
लामो दूरीको यात्राको अवसर पाइने योग छ। पतिपत्नीबीच माधुर्यता छाउने छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सामाजिक उत्तरदायित्व बढेर जानाले मनमा खुसी छाउने छ।
मीन राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। दाजुभाइमा अनावश्यकरूपमा कलह बढेर जानेछ। सञ्चित धनको नाश हुने देखिन्छ। प्रशासनिक काममा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ।

November 13, 2025, Jyotishsanchar press