1655128652 Cpn Uml
काठमाडौँ । नेकपा एमालेले आज देशका सबै जिल्लामा जनप्रदर्शन र सभा गर्ने भएकाे छ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने भएको हो ।
गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ।
यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिका र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।
एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा बृहत जनप्रदर्शन र सभा गर्ने पनि जनाएको छ ।

November 15, 2025, Jyotishsanchar press