यस वर्ष काभ्रेमा डेंगु सङ्क्रमितकाे संख्या ४६ पुग्याे

बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ४६ जना डेंगु सङ्क्रमित देखा परेका छन्। गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यो वर्ष साउन १ देखि कात्तिक ३० गतेसम्म ४६ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा एक जना, बनेपामा १९ जना, पनौतीमा एक, पाँचखालमा ९, मण्डनदेउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ। गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकाेमा यस वर्ष पनि सबैभन्दा बढी सङ्क्रमण बनेपामै देखिएको छ।

यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जसमा पुरुषको संख्या १९ र महिलाको संख्या २७ जना रहेको छ। नमाेबुद्ध, राेशी, खानीखाेला, तेमाल, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।

Dengue

November 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको