Accident Final Uvlfyfeitl
काभ्रे । बीपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेकाे नमाेबुद्ध नगरपालिका-२ बेलामा भएकाे सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
साेमबार दिउँसाे साढे १२ बजेतिर धुलिखेलबाट भकुण्डेबेँसीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २०४४ नम्बरको इभी कारको टाइरेट भाँच्चिएर अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ८२४० नम्बरको यात्रुबाहक बसमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।
कार चालक मोरङ जिल्ला बेलवारी नगरपालिका-१ बस्ने बर्ष ४१ का सलबहादुर धिमालकाे दुवै हात खुट्टामा चोट लागेकाे र उनकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ। यस्तै कारमा सवार सिरहा जिल्ला सुखिपुर नगरपालिका-१० बस्ने बर्ष २२ का सुनिलकुमार महत्तोकाे टाउकोमा र दाहिने हातको कुममा भित्री चोट लागेकाे छ । उनकाे अवस्था मध्यम रहेकाे छ । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकाे छ ।

November 17, 2025, Jyotishsanchar press