Rasifal 3
बनेपा । २०८२ साल मार्ग २ गते मंगलबार तदनुसार १८ नोभेम्बर २०२५ । त्रयोदशी तिथी १ घडी ३९ पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ। स्वाति नक्षत्र ६० घडी ० पला उप्रान्त स्वाति नक्षत्र प्रारम्भ हुनेछ । आयुस्मान योग भर करण आज बिहान सूर्योदय ६:२८ मा भयो भने सूर्यास्त साँझ ५:९ मा हुनेछ। आज मंगलबार चन्द्रमा तुला राशिमा
मेष राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ। स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ । आकस्मिक धन लाभ मिल्ने देखिन्छ।
वृष राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। पठनपाठनमा असफलता पाइने योग छ। झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ। सामाजिक काममा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ।
मिथुन राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्नेछ। धार्मिक कार्यमा बाधा हुने देखिन्छ। गरिरहेको काममा ह्रास आउनुका साथै अनावश्यक रुपमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिने योग छ । बोलीमा माधुर्यता छाउनेछ। हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ। धार्मिक कार्यमा सहभागी भइनेछ।
सिंह राशि
आयमा वृद्धि भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। गरिरहेको काममा पदोन्नति भएर जाने देखिन्छ। अधुरा काम पूरा भएर जानेछन्। प्रेम गर्ने अवसर मिल्नेछ।
कन्या राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । बोलीमा कठोरता आउनेछ। मानसम्मानमा आघात पुग्नेछ। सञ्चित धनको नाश हुने देखिन्छ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
दुग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । साथीभाइबाट प्राप्त सरसहयोगले काममा थप लगानी बढाइनुका साथै मांगलिक कार्यमा समेत सहभागी भइनेछ।
वृश्चिक राशि
रक्तसम्बन्धी समस्याले सताउने देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने योग छ। अनावश्यकरूपमा विवादमा फसिन सक्ने सम्भावना बढेर गएको छ । जग्गा जमिनमा वादविवादको सिर्जना हुने देखिन्छ।
धनु राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिसमेत प्रशंसानीय हुनेछन् । फसेको धन उठ्न सक्ने देखिन्छ।
मकर राशि
दाजुभाइमा कलह बढेर जानेछ। शिक्षा क्षेत्रमा बाधा आउने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ। पारिवारिक असामान जस्तै वादविवादको सामना गर्नुपर्ने देखिन्छ।
कुम्भ राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। राज्यपक्षबाट कष्ट नपाइने योग छ। दुष्टकर्मतर्फ मन जानेछ। पतिपत्नीबीच कलह बढेर जानेछ । आफन्तमा बहिरभाव आउने योग छ ।
मीन राशि
अधुरा काम पूरा भएर जानेछन् । व्यापार व्यवसायमा सफलता पाइने योग छ । स्वास्थ्यमा सुधार भएर जानेछ। पठनपाठनमा प्राप्त सफलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ।

November 18, 2025, Jyotishsanchar press