Rasifal 3
बनेपा । २०८२ साल मार्ग ३ गते बुधबार तदनुसार १९ नोभेम्बर २०२५। चतुर्दशी तिथी ६ घडी २२ पला औंसी तिथी प्रारम्भ हुनेछ । स्वाति नक्षत्र ४ घडी ४३ पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग चतुष्घ्न करण आज बिहान सूर्योदय ६:२९ मा भयो भने सूर्यास्त साँझ ५:८ मा हुनेछ। आज बुधबार चन्द्रमा तुला राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। बोलीमा मिठास छाउने छ। लामो समयदेखि रोकिएका कामहरु पूर्ण सञ्चालनमा आउने देखिन्छ।
वृष राशि
मान सम्मानमा आघात पुग्नेछ। आफन्तमा बहिरभाव आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । दाजुभाइमा कलह बढेर जाने योग छ। बोलीमा कठोरता आउने देखिन्छ।
मिथुन राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउने योग छ। मानसम्मानमा आघात पुग्नेछ। पारिवारिक कलह बढेर जानेछ। राज्यपक्षबाट कष्ट पाइने योग छ। आफन्तमा बहिरभाव आउनेछ।
कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । बौद्धिक कार्यमा समय व्यतीत भएर जानेछ। रोकिएका कामहरु पूर्ण सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ। मान्यजनको सहयोग मिल्ने देखिन्छ।
सिंह राशि
आयमा वृद्धि कार्यमा प्रगति भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार हुने योग छ। शत्रुपक्षबाट तपाईं कै जित हुने देखिन्छ । साथीभाइको सहयोगले फसेको धन उठ्न सक्ने देखिन्छ।
कन्या राशि
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा सुधार गर्नुपर्ने योग छ। सजग रहनुहोला।
तुला राशि
सामाजिक काममा सफलता पाइने योग छ । बोलीमा मिठास आउनेछ। सौन्दर्यतामा मन जाने देखिन्छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
वृश्चिक राशि
अनावश्यक विवाद बढेर जानेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। दाजुभाइमा कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
धनु राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ । आफन्तको सहयोगले लामो समयदेखि रोकिएका आम्दानी आउने देखिन्छ।
मकर राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। मातृ स्वास्थ्यमा गडबढ आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। राज्यपक्षबाट कष्टता पाइने योग छ।
कुम्भ राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । सामाजिक काममा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। परिवारमा नयाँ कार्यको थालनी हुनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। आकस्मिकरुपमा धन लाभ मिल्ने योग छ।

November 19, 2025, Jyotishsanchar press