Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ गरेकाे छ ।
काठमाडौँ महानगरपालिका-२६ केशरमहल चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुलसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे। पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने दोलखा घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ठ बस्ने दोलखा घर भएका २८ वर्षीय देवेन्द्र लामा रहेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित इलाम माङसेबुङ गाउँपालिका-४ सिंगफेरे बस्ने २२ वर्षीय अमिर देवानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता सर्लाही, कौडेना गाउँपालिका-२ नहरबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्रामसहित हरिवन नगरपालिका-२ अत्रौली बस्ने ५२ वर्षीय प्रेमबहादुर बललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ करेलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४५ वर्षीय गुल्चन उरावलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-२ खुदुनाबारी बस्ने ३१ वर्षीय वीरबहादुर कुमाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-४ सिंगाचौर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजगढ गाउँपालिका-३ बस्ने २९ वर्षीय दिलिपकुमार मण्डल र सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने २३ वर्षीय शिवदत्त मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

November 24, 2025, Jyotishsanchar press