Arest Pakrau 1
पर्सा । पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँसहित सोही गाउँपालिका-१ बस्ने ३४ वर्षीय अवदेश पटेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धारेसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त नगद फेला पारी चालक अवदेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

November 24, 2025, Jyotishsanchar press