Arest Pakrau 1
सप्तरी । छिन्नमस्ता गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजबिराज नगरपालिका-११ बस्ने २९ वर्षीय रामकुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रामकुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

December 24, 2025, Jyotishsanchar press