Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष १० गते बिहीबार तदनुसार २५ डिसेम्बर २०२५ । पञ्चमी तिथी ९ घडी ५० पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र ५८ घडी ५२ पला उप्रान्त पूर्वभद्रा नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग कौलव करण आज बिहान सूर्योदय ६:५४ मा र सूर्यास्त साँझ ५:१४ मा हुनेछ । आज बिहीबार चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि
दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएको कामहरू पुनः सञ्चालनमा आउने योग छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ। आफन्तको सहयोगले काममा थप जिम्मेवारी बढेर जाने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ।
वृष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । आफन्तमा बैरभाव आउने योग छ। स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
मिथुन राशि
विश्वास गरेका साथीभाइबाट सरसहयोग पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। अध्ययन अध्यापनमा सफलता पाइनुका साथै धनमालसमेत जोडिन सक्ने देखिन्छ।
कर्कट राशि
शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ। मुद्दा मामिलामा सफलता प्राप्त गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता हुनेछ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। मानसम्मान पाइने योग छ।
सिंह राशि
अध्ययन अध्यापनमा बाधा आउनेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। झुटा आरोपको समेत सामना गर्नुपर्ने देखिन्छ ।
कन्या राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । पैत्रिक सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ । हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ।
तुला राशि
परिवारमा आसमान्जस्य वादविवादको सामना गर्नुपर्ने देखिन्छ। विपरीत कार्यमा संलग्नता पाइने योग छ। थोरै कुरामा वादविवाद बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
वृश्चिक राशि
काममा ढिलासुस्ती भएर गएता पनि सफलता पाइने योग छ। बोलीमा माधुर्यता छाउनेछ। आफन्तको सहयोगले नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ। स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ।
धनु राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। न्यायिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।
मकर राशि
लेखनशैलीमा कमी आउने देखिन्छ । आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। सञ्चित धनको नाश हुने योग छ। जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । वादविवादको सिर्जना हुने देखिन्छ।
कुम्भ राशि
धार्मिक कार्यमा सहभागी भइने योग छ। सवारी साधन जोडिन सक्ने सम्भावना बढेर गएको छ । सामाजिक काममा समय व्यतीत भएर जाने देखिन्छ। आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ।
मीन राशि
गुप्ताङ्गसम्बन्धी समस्याले सताउने योग छ। अनावश्यकरुपमा परिवारमा विवाद बढेर जाने देखिन्छ । लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ। लामो दुरीको यात्रा नगर्नु नै राम्रो हुने देखिन्छ।

December 24, 2025, Jyotishsanchar press