608512915 2730439357308151 1633598694635508554 N
झापा । झापाको भद्रपुर एयरपोर्टमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा परेको छ।
पुस १८ गते राति करिब २१:१० बजे काठमाडाैंबाट भद्रपुर (चन्द्रगढी) का लागि उडेको बुद्ध एयरको फ्लाइट नं. ९०१ अवतरण गर्ने क्रममा रन–वे बाट चिप्लिँदै पूर्वतर्फ करिब ३०० मिटर बाहिर (ओभर रन) गई भासिँदा विमान क्षतिग्रस्त भएको हो।
विमानमा ५१ जना यात्रु र ४ जना चालक दल सवार थिए । दुर्घटनापछि सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल विमानबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली तत्काल परिचालन गरिएको थियो ।
दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् । उनीहरूमध्ये १ जना उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन् भने ६ जना ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचाररत छन्। उपचाररत घाइतेमध्ये १ जना को–पाइलट रहेका छन्।

January 3, 2026, Jyotishsanchar press