Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २० गते आइतबार तदनुसार ४ जनवरी २०२६ । प्रतिपदा तिथी १८ घडी ३२ पला उप्रान्त द्वितीया तिथी प्रारम्भ हुनेछ । पुनर्बसु नक्षत्र २६ घडी ३१ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग कौलव करण आज बिहान सूर्योदय ६:५७ मा र सूर्यास्त साँझ ५:२० मा हुनेछ । आज आइतबार चन्द्रमा मिथुन राशिमा ।
मेष राशि
रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। नयाँ कार्यको थालनी हुने देखिन्छ । सन्तानबाट सुख पाइने योग छ। आयआर्जनमा वृद्धि भएर जानेछ। आकस्मिकरुपमा फसेको धन उठ्न सक्ने सम्भावना बढेर जाने देखिन्छ।
वृष राशि
आमासँगको सम्बन्धमा कठोरता आउने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ । सञ्चित धनको नाश हुने देखिन्छ । यात्राको अवसर जुटेता पनि वादविवादको सामना गर्नुपर्ने योग छ ।सजगताका साथ अगाडि बढ्नुहोला।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। आयआर्जनमा वृद्धि भएर जाने देखिन्छ । तरल पदार्थसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिने छ। व्यापार व्यवसायबाट लाभ लिन सकिने योग छ।
कर्कट राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यकरूपमा कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ ।
सिंह राशि
पारिवारिक सरसहयोगले काममा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। दाजुभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।
कन्या राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ। आँखासम्बन्धी समस्याले सताउनुका साथै पठनपाठनमा समेत बाधा आउने योग छ।
तुला राशि
आयमा कमी आउने देखिन्छ । जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनु होला।
वृश्चिक राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। लामो दूरीको यात्राको अवसर जुट्नेछ। साथीभाइको सरसहयोग पाइने योग छ।
धनु राशि
पराक्रममा वृद्धि भएर जानेछ । विपरीत लिङ्गीबाट साथ सहयोग पाइने योग छ। जग्गा जमिनसम्बन्धी कामबाट राम्रै लाभ लिन सकिनेछ। पठनपाठनमा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ।
मकर राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पशु तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ । आफन्तमा कलह बढेर जानेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । पठनपाठनसम्बन्धी काममा बाधा आउने योग छ।
कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आर्थिक क्षेत्रमा कमी आउने देखिन्छ। आफन्तबाट पाइएको धोकाले गरिरहेको काममा समेत बाधा आउने हुँदा मानसिक तनाव बढेर जानेछ।
मीन राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीको प्रभाव बढेर जानेछ । शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। प्रशासनिक काममा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

January 3, 2026, Jyotishsanchar press