Rasifal 1 1536x864 1
२०८२ साल पौष २३ गते बुधबार तदनुसार ७ जनावरी 2026 चतुर्थी तिथि ९ घडी ३० पला उप्रान्त पन्चमी तिथि प्रारम्भ हुनेछ मघा नक्षत्र २२ घडी ४७ पला उप्रान्त पुर्व फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ आयुश्मान योग बायब करण आज बिहान सूर्योदय ६:५८ मा भयो भने सूर्यास्त साँझ ५:२३ मा हुनेछ
आज बुधबार चन्द्रमा सिंह राशिमा
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आएमा कमी आउने देखिन्छ। लेखन शैलीमा कमी आउने देखिन्छ। अनावश्यक विवाद बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ। आएमा वृद्धि भएर जानेछ। माङ्गलिक कार्यमा सहभागी हुनाले सबैको प्यारो बनिनेछ । आफन्तको सहयोगले मानसम्मान वृद्धि भएर जानेछ।
मिथुन राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता पाइने योग छ। नयाँ कार्यको थालनी हुने देखिन्छ। आकस्मिक रुपमा धनलाभ मिल्नुका साथै ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।
कर्कट राशि
आयमा कमी विद्यामा बाधा आउने देखिन्छ अनावश्यक रुपमा वादविवाद बढेर जानेछ। बोलीमा कठोरता आउनुका साथै संचित धनको समेत नाश हुनाले मानसिक तनाव बढेर जानेछ ।
सिंह राशि
व्यर्थैमा झै झगडाको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा बहिरभाव आउने देखिन्छ। आशामनजस्य परिवारमा वादविवाद बढेर जानेछ। गरिरहेको काममा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ ।
कन्या राशि
न्यायिक काममा बाधा आउने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। मानसम्मानमा आघात् पुग्नाले मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
नयाँ कार्यको थालनी हुनेछ कृषि तथा पशु चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। दाजुभाइको सर सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।
वृश्चिक राशि
व्यापार व्यवसायमा घाटा भएर जानेछ। प्रशासनिक काममा बाधा आउनेछ। लेखनशैलीमा कमी आउनेछ। धार्मिक कार्यमा वादविवादको सामना गर्नुपर्नेछ। सामाजिक काममा नैरास्यता छाउने देखिन्छ।
धनु राशि
नशासम्बन्धी समस्याले सताउने देखिन्छ जग्गा जमिन सम्बन्धी काममा विवाद बढेर जानेछ। विपरीत लिङ्गीबाट जोगिनुपर्नेछ। गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ ।
मकर राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने योग छ। धार्मिक क्षेत्रमा सहभागी हुने योग रहेको छ।
कुम्भ राशि
सवारी साधनबाट मनज्ञ लाभ लिन सकिने योग छ पारिवारिक सर सहयोगले लामो दूरीको यात्राको अवसर मिल्नेछ। लेखन शैली मा तीव्रता आउनेछ पर्यटकीय क्षेत्रको भ्रमण गरिने योग रहेको छ।
मीन राशि
पठनपाठनमा बाधा आउने योग छ आँखासम्बन्धी समस्याले सताउने योग रहेको छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्दा मनमा चिन्ता बढेर जानुका साथै झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।

January 7, 2026, Jyotishsanchar press