Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २४ गते बिहीबार तदनुसार ८ जनावरी २०२६, पञ्चमी तिथी ८ घडी ४४ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । पूर्व फाल्गुणी नक्षत्र २३ घडी ४६ पला उप्रान्त उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग तैतिल करण आज बिहान सूर्योदय ६:५८ मा भयो भने सूर्यास्त साँझ ५:२३ मा हुनेछ । आज बिहीबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। सामाजिक काममा समय व्यतीत भएर जानेछ । पठनपाठनमा सफलता पाइने योग छ। मिष्ठान्न भोजनको अवसर पाइने योग छ । प्रेम गर्ने अवसर जुट्नेछ।
वृष राशि
बोलीको प्रभाव बढेर जानेछ। नयाँ साथीको आगमनले काममा थप लगानी बढाइने योग छ। घुमफिरमा समय व्यतीत भएर जानेछ। अधुरा कामहरू पूरा भएर जानाले मनमा खुसी छाउनेछ।
मिथुन राशि
धार्मिक क्षेत्रको भ्रमण गरिने योग रहेको छ । आयमा वृद्धि भएर जानेछ। अधुरा कामहरू पूरा भएर जाने योग छ। काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसानीय भइने देखिन्छ।
कर्कट राशि
अनावश्यकरूपमा वादविवादमा फसिन सक्ने सम्भावना बढेर गएको छ। पतिपत्नीबीच कलह बढेर जानेछ। जागिरमा अपजसको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता, शेयर बजारबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
कन्या राशि
आर्थिक लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुट्टा आरोप लाग्नेछ । स्थायी सम्पत्तिमा विवाद आउनेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । अनावश्यक खर्चमा वृद्धि भएर जानेछ।
तुला राशि
दाजुभाइबाट सर सहयोग मिल्नाले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । सामाजिक काममा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
वृश्चिक राशि
दाम्पत्य जीवनमा कलह बढेर जाने देखिन्छ । गरिरहेको काममा बाधा हुने योग छ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । व्यवसायमा ह्रास आउने योग छ।
धनु राशि
साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने योग छ। जग्गा जमिनसम्बन्धी काममा घाटा बेहोर्नुपर्ने देखिन्छ । प्रशासनिक काममा बाधा आउने योग रहेको छ । स्वास्थ्यमा गडबढ आउने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।
मकर राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। शत्रु पक्षबाट तपाईंकै जित हुनेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी हुने योग रहेको छ।
कुम्भ राशि
फलामसम्बन्धी काममा सफलता पाइने योग छ । व्यवसायमा सफलता प्राप्त गर्न सकिने देखिन्छ। लेखनशैलीमा तीव्रता आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला।

January 8, 2026, Jyotishsanchar press