Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २७ गते आइतबार तदनुसार ११ जनवरी २०२६ । अष्टमी तिथी १४ घडी ५ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ३४ घडी ४ पला उप्रान्त स्वाती नक्षत्र प्रारम्भ हुनेछ । सुकर्म योग तैतिल करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२६ मा हुनेछ । आज आइतबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
पारिवारिक सरसहयोगले गरिरहेको काममा थप लगानी बढ्ने योग छ। बोलीको प्रभाव बढेर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नाले सबैको प्यारो बनिनेछ।
वृष राशि
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ । वैदेशिक कार्यबाट अनि बेहोर्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
मिथुन राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । पठनपाठनमा वृद्धि भएर जानेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कर्कट राशि
बाेलीको प्रभाव बढेर जानेछ । रोकिएका कामहरू आफन्तको सरसहयोगले पुनः सञ्चालनमा आउने देखिन्छ । पठनपाठनमा सफलता पाउनुका साथै आम्दानी गर्न सकिने योग रहेको छ ।
सिँह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । पर्यटकीय भ्रमणको योग रहेको छ। बोलीमा मिठास छाउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ ।
तुला राशि
दुःखजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । पशुपन्छीबाट लाभ मिल्ने देखिन्छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिने योग छ । प्रेम गर्ने अवसर जुट्नेछ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ ।
धनु राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउने छ। आफन्तबाट प्राप्त सरसहयोगले फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
मकर राशि
अनावश्यकरूपमा पारिवारिक कलह बढेर जाने योग छ । अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ । चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। अनावश्यक खर्चको मात्रा बढेर गएको छ ।
कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । जागिरमा अपजसको सामना गर्नुपर्ने योग देखिन्छ।
मीन राशि
सामाजिक काममा सफलता पाइने योग छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । सहभागी हुने अवसर मिल्ने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

January 11, 2026, Jyotishsanchar press