610309005 1182856060686787 447586886542386096 N
सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब पनि आफ्नोतर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका तामाङले विद्यालयको समग्र विकासका लागि राजनीतिभन्दा माथि उठेर सहकार्य गर्न सबैलाई आह्वान गर्नुभयो ।
साथै वार्षिक उत्सवको अवसरमा पूर्वप्रधानाध्यापक रामगोपाल श्रेष्ठलाई सम्मान गरिएको छ। सम्मान पश्चात रामगोपाल श्रेष्ठबाट ५० हजार र सरस्वती मावि ग्याल्थुमका पूर्वप्रधानाध्यापक सिन्धुपाल्चोककै शैक्षिक अगुवा हरिकुमार श्रेष्ठले आफ्नो स्वर्गवासी मातापिता यदुकुमारी रूपनारायणकाे स्मृतिमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्दै विद्यालयको लागि निरन्तर सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक हरिचन्द्र श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाइने तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

January 12, 2026, Jyotishsanchar press