Bijuli Ydovx5yqye
बनेपा । नेपाल विद्युत प्राधिकरणले काभ्रेका अधिकांश क्षेत्रमा आज पनि विद्युत अवरुद्ध हुने जनाएकाे छ ।
केही ठाउँमा मर्मतकाे काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएकाे छ । साेमबार पनि यहाँ दिउँसाे विद्युत सेवा बन्द गरिएकाे थियाे ।
प्राधिकरणले जारी गरेकाे सूचनामा भनिएकाे छः ‘आज मिति २०८२/०९/२९ गते साँगा-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको २८ किलो खण्डमा line relocation ,dismantling & line shifting works को लागि खोपासी, पनाैती, धुलिखेल हस्पिटल, साँगा र २८ किलो फिडर अन्तर्गतको दाप्चा, रोशी, पनाैती बजार, कुशादेवी, ढलमले, खड्पु, बनेपा बजार, जनागाल, भैंसेपाटी, सिनागाल, बासडोल, साँगा बजार एरियामा बिहान १० बजेदेखि १६ बजेभित्र लाइन बन्द गरि कार्य गराउनुपर्ने भएकोले बिद्युत अनियमित हुने जानकारी गराइन्छ।’ – काभ्रे वितरण केन्द्र ।

January 13, 2026, Jyotishsanchar press