Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष २९ गते मंगलबार, तदनुसार १३ जनवरी २०२६ । दशमी तिथी २३ घडी ७ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । बिशाषा नक्षत्र ४५ घडी ५२ पला उप्रान्त अनुराधा नक्षत्र प्रारम्भ हुनेछ । शुल योग बयब करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२७ मा हुनेछ । आज मंगलबार चन्द्रमा तुला राशिमा ।
मेष राशि
पराक्रम बढेर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा खुसी छाउनेछ।
वृष राशि
आर्थिक काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउने देखिन्छ ।साथीभाइसँगबाट धोका पाइने योग छ। गरिरहेको काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
मिथुन राशि
अनावश्यकरूपमा चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। बोलीमा आएको कठोर मिठासले सबैको प्यारो बनिने छ । पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ ।
कर्कट राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गरिने योग छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले सबैको विश्वासिलो भइनेछ ।
सिंह राशि
न्यायिक काममा सफलता प्राप्त गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ। सामाजिक काममा समय व्यतित भएर जानेछ। साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने योग छ।
कन्या राशि
मानसम्मानमा अघात पुग्नेछ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। पठनपाठनमा बाधा आउने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएको देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
तुला राशि
अधुरा कामहरू पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । लेखन शैलीमा तीव्रता आउनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउनेछ । प्रशासनिक काममा सफलता पाइने योग छ ।
वृश्चिक राशि
दाजुभाइमा पैत्रिक सम्पत्तिको विषयलाई लिएर वादविवाद बढेर जाने देखिन्छ । आफन्तबाट धोका पाइने योग छ। मानसम्मानमा अघात पुग्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।
धनु राशि
नयाँ कार्यको थालनी हुनेछ । भोजभतनमा सहभागी हुने अवसर मिल्नेछ। भौतिक साधन खरिद गरिने योग छ । दाजुभाइमा चल्दै आएको विवादको अन्त्य भएर जानेछ।
मकर राशि
बाेलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना रहेको छ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ । जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउन देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कुम्भ राशि
मनमा डर चिन्ता बढेर जानेछ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । अनावश्यकरुपमा पारिवारिक कलह बढेर जानेछ। साथीभाइबाट धोका पाइनाले व्यवसायमा ह्रास आउने देखिन्छ ।
मीन राशि
मुद्दा मामिलामा तपाईकै जित हुन सक्ने सम्भावना बढेर गएको देखिन्छ । व्यापारमा वृद्धि हुनेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । प्रशासनिक काममा सफलता प्राप्त गर्न सकिने योग छ।

January 13, 2026, Jyotishsanchar press