Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल पौष ३० गते बुधबार तदनुसार १४ जनवरी २०२६ । एकादशी तिथी २८ घडी ३१ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ५२ घडी २५ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग कौलव करण आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:२८ मा हुनेछ । आज बुधबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
नयाँ कार्यको थालनी हुनेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ । पठनपाठनमा सफलता पाउनका साथै आय आर्जनमा समेत वृद्धि भएर जाने देखिन्छ।
वृष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । सामाजिक काममा समय व्यतित भएर जाने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। अधुरा कामहरु पूरा हुनुका साथै पारिवारिक मेलमिलाप बढेर जाने देखिन्छ ।
मिथुन राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवाद बढेर जानेछ । शरीरमा आलस्यता बढेर जानेछ । आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ । पितासँग वैचारिक मतभेद आउनसक्ने देखिन्छ।
कर्कट राशि
सानोतिनो कुरामा पनि वादविवादको सामना गर्नुपर्नेछ । झुटा आरोपको कामना गर्नुपर्ने देखिन्छ । टाउको दुख्ने समस्याले सताउने देखिन्छ । शरीरमा चोटपटक आउने हुनाले सवारी साधनबाट जोगिनुपर्ने योग छ ।
सिंह राशि
पिताको साथ सहयोग पाइने योग छ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ । स्वास्थ्यमा क्रमश सुधार भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । प्रेम गर्ने अवसर जुट्नेछ ।
कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। इलेक्ट्रिकसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पशु तथा चौपायाबाट मनग्य लाभ लिन सकिने देखिन्छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
तुला राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। माङ्गलिक काममा सहभागी हुने अवसर जुट्नेछ। हराएको धन माल भेटिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
वृश्चिक राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ। सौन्दर्यमा मन जानुका साथै दुःखजन्य पदार्थबाट लाभ लिन सकिने देखिन्छ ।
धनु राशि
प्रशासनिक काममा ढिला सुस्ती भएर जानेछ । दाजुभाइमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । पतिपत्नीबीच मनमुटाव सिर्जना हुनाले मानसिक तनाव बढेर जानेछ।
मकर राशि
सामाजिक काममा समय व्यतित भएर जानेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै परोपकारमा समय व्यतित भएर जानेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
कुम्भ राशि
चाेटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ। राज्यपक्षबाट केही कष्टता पाइनुका साथै धनमालसमेत हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।
मीन राशि
न्यायिक काममा बाधा आउने देखिन्छ । स्वास्थ्यमा उत्तारचढाव आउनेछ। पारिवारिक विवाद बढेर जाने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मनमा चिन्ता बढेर जानेछ ।

January 14, 2026, Jyotishsanchar press