Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल माघ २ गते शुक्रबार तदनुसार १६ जनवरी २०२६ । त्रयोदशी तिथी ३३ घडी ५७ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र ६० घडी ३० पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग गर करण आज बिहान सूर्योदय ६:५८ मा भयो भने सूर्यास्त साँझ ५:३० मा हुनेछ । आज शुक्रबार चन्द्रमा धनु राशिमा ।
मेष राशि
बाेलीमा कठोरता आउनुका साथसाथै गरिरहेको काममा समेत बाधा आउने देखिन्छ । दाजुभाइमा कलह बढेर जानेछ। लेखनशैलीमा कमी आउनुका साथै आफन्तमा समेत बैरभाव आउने देखिन्छ ।
वृष राशि
अधुरा काम पूरा भएर जाने देखिन्छ । बोलीमा माधुर्यता छाउनेछ। साथीभाइको सरसहयोगले व्यापार व्यवसायमा थप लगानी बढ्ने योग छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुटनाले मनमा खुसी छाउनेछ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कार्यमा प्रगति भएर जानेछ । पराक्रममा वृद्धि भएर जाने देखिन्छ। सामाजिक काममा भएको असफलता र लगनशीलताले सबैको प्यारो बनिनेछ।
कर्कट राशि
आयमा कमी आउनेछ । शारीरिक आलस्यता बढेर जाने देखिन्छ । पठनपाठनमा ह्रास आउनुका साथै झुटा आरोपको समेत सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । मातृ स्वास्थ्यमा उत्तरचढाव आउने योग छ। आकस्मिकरुपमा पारिवारिक समस्याले सताउने देखिन्छ । न्यायिक काममा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
सामाजिक उत्तरदायित्व बढ्ने देखिन्छ। बोलीमा माधुर्यता छाउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ । मनमा उत्साह उमङ्ग बढेर जाने छ ।
तुला राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । आकस्मिकरुपमा धनलाभ मिल्ने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। हराएको धन भेटिन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
वृश्चिक राशि
स्थानीय सम्पत्तिको विषयलाई लिएर वादविवाद सिर्जना हुने योग छ। दाम्पत्य जीवनमा कलह बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्नेछ। साझेदारी काममा वादविवाद बढेर जाने देखिन्छ।
धनु राशि
पराक्रममा वृद्धि भएर जानेछ । पठनपाठनमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । भौतिक सम्पत्ति खरिद गरिने योग छ । पठनपाठनमा सफलता पाइने देखिन्छ।
मकर राशि
अनावश्यकरूपमा वादविवादमा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पितासँगको सम्बन्धमा केही चिसोपना आउने देखिन्छ । मानसम्मानमा अघात पुग्नाले मनमा चिन्ता बढेर जानेछ ।
कुम्भ राशि
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । लेखन शैलीमा तीव्रता आउनेछ। धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ ।
मीन राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । आफन्तबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ ।

January 16, 2026, Jyotishsanchar press