Mausam 11 Lbu2jteuoh
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति तराईका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

January 16, 2026, Jyotishsanchar press