Earth Quake 9f36t6heas
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

January 16, 2026, Jyotishsanchar press