Rasifal 1 1536x864 1
बनेपा । २०८२ साल माघ ४ गते आइतबार तदनुसार १८ जनवरी २०२६ । आज बिहान सूर्योदय ६:५८ मा र सूर्यास्त साँझ ५:३१ मा हुनेछ । हेराैँ आजकाे राशिफल ।
मेष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ। पृथ्वी व्यापार व्यवसायमा सफलता पाइने योग छ। लेखनशैलीमा तीव्रता छाउनेछ। पारिवारिक सरसहयोगले आफन्तको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
वृष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । परिवारमा विवाद बढेर जानेछ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । विश्वास गरेकाबाट धोका पाइने योग छ ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । पठनपाठनमा सफलता पाइने योग छ। पतिपत्नीबीच माधुर्यता छाउनुका साथ साथै धार्मिक भ्रमणको योग छ।
कर्कट राशि
पारिवारिक झैझगडामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। आर्थिक क्षेत्रमा ह्रास आउने योग छ । पठनपाठनमा बाधा आउनाले मनमा तनाव बढेर जाने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । आर्थिक लेनदेनमा केही विवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।
कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउने योग छ। स्वास्थ्यमा उत्तरचढाव बढेर जाने देखिन्छ । विश्वास गरेका आफन्तबाट धोका पाइनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
तुला राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ । न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
वृश्चिक राशि
अध्ययन अध्यापनमा बाधा आउने योग छ । प्रशासनिक काममा ढिलासुस्ती भएर जानेछ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ । लेखन शैलीमा कमी आउने देखिन्छ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ।
धनु राशि
फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
मकर राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवाद बढेर जानेछ । लेखन शैलीमा कमी आउने देखिन्छ। राजनीतिमा भने सफलता पाइने योग छ । पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
कुम्भ राशि
दूग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिने योग छ। पराक्रममा वृद्धि भएर जानेछ। विपरित लिङ्गीको सहयोगले स्थानीय सम्पत्तिमा वृद्धि भएर जानेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
मीन राशि
आफन्तको अविश्वासले गर्दा बनेको कामसमेत बिग्रन सक्ने सम्भावना बढेर गएको छ। छालासम्बन्धी समस्याले सताउने देखिन्छ। शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै साथीभाइबाट धोका पाइने योग छ।

January 18, 2026, Jyotishsanchar press