Rasifal 3
काठमाडौँ । २०८२ साल माघ ९ गते शुक्रबार तदनुसार २३ जनवरी २०२६ । पञ्चमी तिथी ४३ घडी ४६ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र १७ घडी २९ पला उप्रान्त उतरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । पद्म योग बालव करण आज बिहान सूर्योदय ६:५६ मा भयो भने सूर्यास्त साँझ ५:३६ मा हुनेछ । आज शुक्रबार चन्द्रमा कुम्भ राशिमा ।
मेष
मानसम्मानमा वृद्धि भएर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानुका साथसाथै धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।
बृष
बोलीमा कठोरता आउने देखिन्छ । आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। परिवारमा अनावश्यकरुपमा कलह बढ्नेछ ।
मिथुन
अनावश्यकरूपमा कलह बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखनशैलीमा कमी आउने योग छ। राज्यपक्षबाट समेत कष्टता पाइनुका साथसाथै धनमालसमेत हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
कर्कट
न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार व्यवसायमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसानीय भइनेछ। नयाँ कार्यको थालनी हुनेछ ।
सिंह
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने योग छ। परिवारमा नयाँ कार्यको थालनी हुनेछ । मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ साथीको आगमनले काममा थप लगानी बढाइने योग छ। मिष्ठान्न भोजनको अबसर जुट्नेछ।
कन्या
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने देखिन्छ । झुटा मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ । धनमाल हराउन सक्ने सम्भावना तीव्ररुपमा बढेको देखिन्छ।
तुला
धार्मिक कार्यमा बाधा आउने देखिन्छ । लामो समयदेखि गरिरहेको काममा ह्रास आउनुका साथसाथै बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। सामाजिक काममा बाधा आउने देखिन्छ । सजग रहनुपर्ने देखिन्छ ।
वृश्चिक
स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। सामाजिक काममा समय व्यतीत हुने योग छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । न्यायिक क्षेत्रमा सफलता पाइने योग छ। प्रशासनिक काममा वृद्धि भएर जाने देखिन्छ।
धनु
व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिने योग छ। पठनपाठनमा वृद्धि भएर जानेछ। अनावश्यकरूपमा चल्दै आएको विवादको अन्त्य भएर जानेछ। आयमा वृद्धि हुनाले मनमा खुसी छाउनेछ।
मकर
मान्यजनको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा आकस्मिकरुपमा पदोन्नतिको सम्भावना बढेर गएको छ। अधुरा कामहरू पुरा हुनुका साथै नयाँ काम पाइने योग छ।
कुम्भ
नवीन मार्गबाट काममा लाभ लिन सकिने योग छ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ। काममा भएको लगनशीलताले गर्दा ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
मीन
व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने योग छ। विश्वास गरेका आफन्तबाट धोका पाइने देखिन्छ। लेखन शैलीमा कमी आउनुका साथसाथै अनावश्यकरुपमा वादविवाद बढेर जानाले मनमा चिन्ता बढ्ने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।

January 23, 2026, Jyotishsanchar press