Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल माघ १९ गते सोमबार तदनुसार २ फेब्रुवरी २०२६ । प्रतिपदा तिथी ५० घडी ७ पला उप्रान्त द्वितीया तिथी प्रारम्भ हुनेछ । अत्लेषा नक्षत्र ४२ घडी ५३ पला उप्रान्त मघा नक्षत्र प्रारम्भ हुनेछ । आयुश्मान योग बयब करण आज बिहान सूर्योदय ६:५२ मा भयो भने सूर्यास्त साँझ ५:४४ मा हुनेछ । आज सोमबार चन्द्रमा कर्कट राशि ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । व्यापार व्यवसायमा वृद्धि भएर जाने देखिन्छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ।
वृष राशि
आकस्मिकरूपमा जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आफन्तको सहयोग प्राप्त गर्न सकिनेछ। वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिने योग छ। धार्मिक कार्यमा सहभागी भइनेछ।
मिथुन राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। धनमाल हराउन सक्ने देखिन्छ। दाजुभाइमा अनावश्यक कलह बढेर जाने देखिन्छ।
कर्कट राशि
दूग्धजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट लाभ मिल्नेछ। बोलीमा माधुर्यता छाउने छ। लेखन शैलीमा तीव्रता आउनुका साथै भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
सिंह राशि
आर्थिक समस्याले सताउने देखिन्छ। विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। सामाजिक काममा केही मनमुटावको सिर्जना हुने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
दाजुभाइको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। शरीरमा स्फूर्ति बढ्नुका साथै प्रेम गर्ने अवसर मिल्नेछ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउने देखिन्छ । परिवारमा असामानजस्य विवाद बढेर जानुका साथै गरिरहेको काममा बाधा आउनेछ ।
वृश्चिक राशि
अनावश्यकरूपमा परिवारमा कलह बढेर जानेछ। झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनुका साथै सञ्चित धनको समेत नाश हुनाले मनमा चिन्ता बढेर जानेछ।
धनु राशि
सौन्दर्यतामा मन जाने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । लामो दुरीको यात्राको अवसर मिल्नाले मनमा खुसी छाउनेछ।
मकर राशि
परिवारको सहयोगले जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनेछ। पराक्रममा वृद्धि भएर जानेछ। प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। स्वास्थ्यमा सुधार भएर जाने योग छ।
कुम्भ राशि
कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ। बनिसकेको काममा पूर्ण विवाद आउनाले मनमा चिन्ता बढेर जानेछ। शैक्षिक क्षेत्रमा समेत ह्रास आउने देखिन्छ।
मीन राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्नेछ । दाजुभाइमा थोरै कुरामा पनि वादविवाद बढेर जाने योग छ । शैक्षिक क्षेत्रमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

February 2, 2026, Jyotishsanchar press