Rasifal 3
काठमाडाैँ । २०८२ साल माघ २० गते मंगलबार तदनुसार ३ फेब्रुवरी २०२६ । द्वितीया तिथी ४८ घडी १५ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । मघा नक्षत्र ४२ घडी २७ पला उप्रान्त पूर्व फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग तैतिल करण आज बिहान सूर्योदय ६:५२ मा र सूर्यास्त साँझ ५:४५ मा हुनेछ । आज मगलबार चन्द्रमा सिँह राशिमा ।
मेष राशि
बोलीमा कठोरता आउने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने योग छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ । परिवारमा कलह बढेर जाने देखिन्छ। चोटपटकको सम्भावना बढेर गएको छ।
वृष राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिने योग छ। दाजुभाइको सरसहयोगले हराएको धनमाल भेटाउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मिथुन राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सकिनेछ। तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। प्रशासनिक काममा शीघ्रता प्राप्त हुनाले मनमा खुसी छाउनेछ।
कर्कट राशि
पठनपाठनमा बाधा आउने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
सिंह राशि
कृषि तथा चौपायाबाट राम्रो आम्दानी गर्न सकिनेछ। नयाँ साथीको आगमनले व्यवसायमा थप लगानी बढाइने योग छ। लेखन शैलीमा तीव्रता आउनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ ।
कन्या राशि
शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। झुट्टा मुद्दामा फसिन सकिने योग रहेको छ।
तुला राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । सवारी साधन खरिद गरिने योग रहेको छ। आयआर्जनमा वृद्धि हुनुका साथै पुराना साथीभाई भेटघाट हुनाले रमाइलोमा समय व्यतित गरिनेछ।
वृश्चिक राशि
जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। लेखनशैलीमा कमी आउने योग छ।
धनु राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । शैक्षिक क्षेत्रमा ह्रास आउनेछ । शरीरमा आलस्यता बढेर जानाले मनमा खुसी छाउने छ।
मकर राशि
मनमा चन्चलता बढेर जानेछ । पराक्रम बढ्ने देखिन्छ । सामाजिक काममा सफलता प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। भौतिक साधनमा वृद्धि भएर जानाले मनमा खुसी छाउनेछ।
कुम्भ राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। मानसम्मानमा वृद्धि भएर जाने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ।
मीन राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ। सञ्चित धनको नाश हुने देखिन्छ।

February 3, 2026, Jyotishsanchar press