Rasifal 1 1536x864 1
काठमाडाैँ । २०८२ साल माघ २१ गते बुधबार तदनुसार ४ फेब्रुवरी २०२६ । तृतीया तिथी ४७ घडी ३५ पला उप्रान्त चतुर्थी तिथी प्रारम्भ हुनेछ । पूर्व फाल्गुणी नक्षत्र ४३ घडी ११ पला उप्रान्त उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । अतिगण्ड योग बब करण आज बिहान सूर्योदय ६:५१ मा र सूर्यास्त साँझ ५:४६ मा हुनेछ । आज बुधबार चन्द्रमा सिँह राशिमा ।
मेष राशि
अधुरा काम पूरा भएर जानेछन् । बोलीमा मिठास आउनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । पठनपाठनमा सफलता पाइनुले मनमा खुसी छाउनेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। सामाजिक उत्तरदायित्व बढेर जानेछ ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ। शेयर कारोबारमा राम्रै आम्दानी गर्न सकिने देखिन्छ। पुराना साथीभाइसँगको भेटघाटले रमाइलोमा समय व्यतीत भएर जानेछ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। दौडधुपमा समय व्यतीत भएर जानेछ। आफन्तमा बहिरभाव आउने देखिन्छ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउनाले मनमा चिन्ता बढेर जानेछ।
सिँह राशि
सौन्दर्यतामा मन जानेछ । धार्मिक यात्राको अवसर जुट्नेछ। दूग्धजन्य पदार्थबाट राम्रा आम्दानी गर्न सकिने देखिन्छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएकोले मनमा खुसी छाउनेछ।
कन्या राशि
पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। मानसम्मानमा आघात पुग्नेछ। मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर जानेछ। राज्यपक्षबाट कष्टता पाइने योग छ।
तुला राशि
आयमा वृद्धि भएर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। दाजुभाइमा माधुर्यता छाउनेछ। तीर्थस्थलहरूको भ्रमण गरिने योग रहेको छ। व्यापार व्यवसायमा सफलता पाइने योग रहेको छ।
वृश्चिक राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । सामाजिक कार्यमा मनमुटावको सृजना हुने देखिन्छ। लेखनशैलीमा कमी आउने योग रहेको छ। अनावश्यकरुपमा रिसको मात्रा बढेर जाने योग छ। आर्थिक समस्याले सताउने छ।
धनु राशि
जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ। व्यवसायमा अस्थिरता आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। परिवारमा वादविवाद बढेर जानाले मानसिक तनाव बढेर जानेछ ।
मकर राशि
पराक्रममा वृद्धि भएर जानेछ । पठन पाठनमा सफलता पाइने योग छ। व्यापारमा सुधार हुनुका साथै आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ।
कुम्भ राशि
पतिपत्नीबीच माधुर्यता छाउनेछ। लेखन शैलीमा तीव्रता आउने योग छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ ।
मीन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। वैदेशिक काममा समेत बाधा आउने देखिन्छ।

February 4, 2026, Jyotishsanchar press