Arest Pakrau 1
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका-३ पालदमार बस्ने २४ वर्षीय बिजय मोक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

February 10, 2026, Jyotishsanchar press