Rasifal 1 1536x864 1
बनेपा । ०८२ साल माघ २८ गते बुधबार तदनुसार ११ फेब्रुवरी २०२६ । नवमी तिथी ७ घडी ४८ पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र १० घडी ५१ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग वव करण आज बिहान सूर्योदय ६:४६ मा र सूर्यास्त साँझ ५:५१ मा हुनेछ । आज बुधबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष
मानसम्मान पाइने योग छ । बोलीको प्रभाव बढेर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। सामाजिक कार्यमा समय व्यतित भएर जाने देखिन्छ ।
बृष
न्यायिक काममा सफलता प्राप्त गर्न सकिनेछ। मातृ स्वास्थ्यमा सुधार भएर जाने योग छ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। अनावश्यक विवादको अन्त्य भएर जानाले मनमा खुसी छाउनेछ।
मिथुन
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। लेखन शैलीमा कमी आउनेछ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । आफन्तबाट धोका पाइनुले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन।
कर्कट
देशको मात्रा बढेर जानेछ । काममा बाधा आउने देखिन्छ। साथीभाइबाट अपहेलित हुनुपर्नेछ। अनावश्यक विवाद बढेर जानाले मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने योग छ।
सिंह
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। भौतिक साधन खरिद गरिने योग छ। अध्ययन अध्यापनमा सफलता पाइने देखिन्छ । राजनीतिक कार्यमा सफलता प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
कन्या
पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। सामाजिक काममा समय व्यतीत भएर जानाले सबैको प्यारो बनिनेछ।
तुला
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। शारीरिक आलस्यता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्दा मनमा चिन्ता बढ्ने योग छ।
बृश्चिक
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। शैक्षिक कार्यमा प्राप्त सफलताले मनमा खुसी छाउनुका साथसाथै पुराना साथीभाइबाट समेत सहयोग प्राप्त हुने देखिन्छ । कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ।
धनु
पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। लेखन शैलीमा कमी आउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।
मकर
आयमा वृद्धि कार्यमा प्रगति भएर जानेछ । बोलीमा मिठास छाउनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सरसहयोग बन्नाले नयाँ कार्यको थालनी हुनेछ।
कुम्भ
गरिरहेको काममा बाधा आउने देखिन्छ। पारिवारिक मतभेद बढेर जानेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । व्यापार व्यवसायमा आएको ह्रासले मनमा चिन्ता बढेर जानेछ। सजगता अपनाउनु होला।
मीन
धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने योग छ। शारीरिक समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।

February 11, 2026, Jyotishsanchar press