Mausam 11 Lbu2jteuoh
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहनेछ । देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

February 11, 2026, Jyotishsanchar press