Rasifal 1 1536x864 1
काठमाडौँ । ०८२ साल माघ २९ गते बिहीबार तदनुसार १२ फेब्रुवरी २०२६ । दशमी तिथी १३ घडी ११ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र १७ घडी २१ पला उप्रान्त मुल नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग वयव करण आज बिहान सूर्योदय ६:४६ मा र सूर्यास्त साँझ ५:५२ मा हुनेछ । आज बिहीबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष
स्वास्थ्यमा सुधार भएर जानेछ । शैक्षिक कार्यमा वृद्धि हुनेछ। स्थायी सम्पत्तिमा लाभ मिल्नुका साथसाथै लामो समयदेखि रोकिएका कामहरु पुनः सुचारु हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
बृष
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। कामहरू पूरा भएर जानेछन् । न्यायिक काममा आफ्नै जित हुनाले मनमा उत्साह बढेर जानेछ।
मिथुन
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
कर्कट
कुरा काट्नेहरू सक्रिय रहनेछन् । माङ्गलिक कार्यमा बाधा हुनेछ। सानो कुरामा पनि पारिवारिक कलह बढेर जानेछ। चोटपटकको सम्भावना प्रबल मात्रामा बढेर जानुका साथसाथै धनमालसमेत हराउन सक्ने देखिन्छ ।
सिह
न्यायिक कार्यमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनुका साथसाथै नयाँ कार्यको समेत थालनी हुनाले मनमा खुसी छाउनेछ।
कन्या
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पराक्रममा वृद्धि भएर जानेछ। साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पशु तथा चौपायाबाट मनग्य लाभ लिन सकिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।
तुला
अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। चोटपटकको सम्भावना प्रबलरुपमा बढेर गएको देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ । मान सम्मानमा आघात पुग्ने देखिन्छ।
बृश्चिक
बाेलीको प्रभाव बढेर जानेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक काममा थोरै सुधार भएर जानुका साथसाथै सौन्दर्यतामा समेत मन जाने देखिन्छ।
धन
साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्ने योग छ। लामो समयदेखि चल्दै आएको काममा बाधा आउनुका साथसाथै झुटा आराेपको सामना गर्नुपर्नेछ।
मकर
दाजुभाइको सरसहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । लेखन शैलीमा तीव्रता हुनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनुका साथसाथै पठनपाठनमा सफलता पाइनेछ।
कुम्भ
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउने योग छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने देखिन्छ । लेखन शैलीमा कमी आउनुका साथसाथै चोटपटकको समेत सम्भावना प्रबल मात्रामा बढेर गएको छ।
मीन
सञ्चित धनको नाश हुने देखिन्छ । थोरै कुरामा पनि परिवारमा कलह बढेर जानेछ। सामाजिक काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । प्रेमीप्रेमीकाबीच कलह बढेर जानाले मानसिक तनाव बढेर जानेछ।

February 12, 2026, Jyotishsanchar press