Rasifal 1 1536x864 1
काठमाडाैँ । ०८२ साल फागुन २ गते शनिबार तदनुसार १४ फेब्रुवरी २०२६ । द्वादशी तिथी २२ घडी १६ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । पूर्वषाढा नक्षत्र २८ घडी ४३ पला उप्रान्त उत्तरषाढा नक्षत्र प्रारम्भ हुनेछ । सिद्व योग तैतिल करण आज बिहान सूर्योदय ६:४४ मा र सूर्यास्त साँझ ५:५३ मा हुनेछ । आज शनिबार चन्द्रमा धनु राशिमा ।
मेष राशि
अनावश्यक विवाद बढेर जानेछ। दाजुभाइमा थोरै कुरामा कलह बढेर जानेछ। कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । जग्गा जमिनसम्बन्धी विवाद पढेर जानेछ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास आउनेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ । कृषि कार्यमा थप लगानी बढाइने योग छ।
मिथुन राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ । पुराना साथीभाइबाट सरसहयोग प्राप्त गर्न सकिनेछ । अनावश्यकरुपमा चल्दै आएको विवादको अन्त्य भएर जानाले मनमा उत्साह बढेर जानेछ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। फजुल खर्चमा वृद्धि भएर जानेछ। पठनपाठनमा असफलता पाइने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। पितृ स्वास्थ्यमा बाधा आउने योग छ।
सिंह राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउनेछ । सामाजिक काममा विवाद बढेर जानेछ। आफन्तबाट धोका पाइने योग छ । खर्चकाे मात्रा बढेर जाने योग छ।
कन्या राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा आएको परिवर्तनले सबैको प्यारो बनिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ । नयाँ साथीको आगमनले काममा थप लगानी बढाइने योग छ।
तुला राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना प्रबलरुपमा बढेर गएको छ। अध्ययनमा सफलता प्राप्त हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ ।
वृश्चिक राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जाने योग रहेकाले बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ । अप्रत्यासितरुपमा दुःखद खबरहरु सुन्नु पर्ने योग रहेको छ। सजगता अपनाउनुहोला ।
धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । सञ्चित धनमा वृद्धि भएर जाने योग छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । लामो दूरीको यात्राको योग रहेको छ। सौन्दर्यतामा मन जाने देखिन्छ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ। अधुरा कामहरू पूरा भएर जाने देखिन्छ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ। आर्थिक क्षेत्रमा वृद्धि भएर जाने योग छ। पठनपाठनमा सफलता प्राप्त गर्न सकिनेछ ।
कुम्भ राशि
सामाजिक काममा समय व्यतीत हुनेछ । दाजुभाइको सरसहयोगले हराएको धन लाभ मिल्ने योग छ। धार्मिक यात्राको अवसर प्राप्त हुनाले मनमा उत्साह बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ।
मीन राशि
जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने योग छ। पशु तथा चौपायाबाट ह्रास आउनाले मनमा चिन्ता बढेर जानेछ।

February 14, 2026, Jyotishsanchar press